०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

एक हजार नेपाली युवा अहिले कुवेतमा अलपत्र ७ वटा शिविरमा युवाहरू

Logo
प्रकाशित आइतबार, भाद्र २४, २०८०


(ABC-Sanchar)
काठमाडौं । ११ महिनाअघि कुवेतस्थित ‘द ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन्।

पीडितहरूले काठमाडौँस्थित वैभव ओभरसिज प्रालि, ओमेगा ओभरसिज, जलजला ओभरसिज, न्यु एस बी ओभरसिज, गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिमार्फत आफूहरू कुवेत पुगेको बताएका छन्।

उनीहरूले जतिसक्दो छिटो उद्धारका लागि नेपाल सरकारसँग अपिल पनि गरेका छन्।

कुवेत पुगेका तर कामविहीन भएर समस्यामा पर्नेमा खोटाङ, सुनसरी, दाङ, सल्यान, रोल्पा, रुकुम, चितवन, काठमाडौँ, जाजरकोट, मुगु, कञ्चनपुर, दार्चुला, बैतडी, स्याङ्जा, संखुवासभालगायत जिल्लाका युवा धेरै छन्।

नागरिकन्यूजलाई प्राप्त नामावलीको सुचीअनुसार अलपत्र पर्नेमा क्षेत्रबहादुर भण्डारी, रविन ओली, विनोद सार्की, किसन पुरी, कृष्ण जैसी, मेघेन्द्र परियार, दीपक बोहोरा, सुरेश बोहोरा, प्रेमबहादुर नेपाली, रामहरि थारू, लोकबहादु राना, लक्ष्मण सुनार, रमित खड्का, रूपलाल घर्ती, दिलबहादुर थारु, राजेन्द्र यादवी, एमडी नौसद खान, दिलीपकुमार ओली, गणेश साउद, सरोज अहमद खान, सन्तोषकुमार श्रेष्ठ, धमेन्द्र मल्ल, सागर कुश्वार, विजेन्द्रध्वज पाख्रिन, समिर तामाङ, मनोज ठाकुर, हीराबहादुर महरा, तेजबहादुर डाँगी, रितबहादुर विश्वकर्मालगायत छन्।

विभिन्न म्यानपावर कम्पनीद्वारा कुवेत पुगेका उनीहरूले अहिले आफूहरू घर न घाटको भएको बताए। कामविहीन र तलबविहीन भएकाले उनीहरू समस्यामा परेका हुन्। कामविहीन भएर कुवेतमा अलपत्र उनीहरूले आफूलाई स्वदेश फर्काउन पहल गरिदिन सरकार र विभिन्न संघसंस्थासँग माग गरिरहेका छन्।

नागरिकको सम्पर्कमा आएका कुवेतमा अलपत्र एक युवकका अनुसार उनीहरू मासिक ८५ केडी तलब कमाइ हुने भन्दै म्यानपावर कम्पनी र एजेन्टलाई १ लाख ६० हजारदेखि २ लाख रुपैयाँसम्म बुझाएर त्यहाँ गएका हुन्।

म्यानपावर कम्पनीहरूले कुवेतको राम्रो कम्पनी भनेर पठाए पनि मासिक १५÷२० हजार कमाउनसमेत हम्मे हम्मे परेको पीडितले बताए। काम पाएको बेलामा मासिक १२ देखि १८ हजार रुपैयाँसम्म मात्र कमाएको तर पछि त्यही काम पनि नपाएको पीडित कुलबहादुर राईले बताए।

उनका अनुसार म्यानपावर कम्पनीले १२ घण्टा काम गरे १ सय २० केडी र १६ घण्टा काम गरे १ सय ५० केडी कमाइ हुने र अतिरिक्त समय ९ओभर टाइम० पनि गर्न पाइने प्रलोभनमा कुवेत पठाएका थिए। ओभर टाइम त परको कुरा कामविहीन भएर बस्नुपरेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!