११ चैत्र २०८२, बुधबार
25-03-2026 , Wed
×

कानुन कार्यान्वयन गर्ने कुरामा कसैसंग सम्झौता गर्दैन : दाङ एसपी : केसी

Logo
प्रकाशित आइतबार, भाद्र २४, २०८०


ABC (क्राईमबिट)
दाङ । भर्खरै सरुवा भएर आउनु भएका जिल्ला प्रहरी प्रमुख रामबहादुर केसिले अपराध न्युनिकरणमा सन्चार क्षेत्रको भुमिका महत्वपुर्ण हुने भन्दै सुचना आदान प्रदानमा सहयोग गर्न आग्रह गरेका छन ।

जिल्ला प्रहरी कार्यालय दाङमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै एसपि केसिले दाङमा लागु औषध, आत्महत्या लगायतका घटनाहरु बढ्दो अबस्थामा रहेकाले सबै मिलेर सचेतना मुलक कार्यक्रम सन्चालन गरेर अपराध न्युनीकरण गर्नु पर्नेमा जोड दिए ।

कानुन कार्यान्वयन गर्ने कुरामा कसैसंग सम्झौता नहुने बताउदै कानुन उलङ्घन गर्ने जो कोहि पनि कानुनि दायरामा आउने केसिको भनाई छ । जिल्लाको शान्ती सुरक्षा कायम गर्न प्रहरीको एक्लो प्रयासले मात्रै सम्भब नहुने उल्लेख गर्दै एसपि केसिले नागरिक र प्रहरी हातेमालो गरेर सुचना आदान प्रदानबाट नै अपराध नियन्त्रण र रोकथाम गर्न सकिने बताए । उनले कामबाट आफ्ना योजनाहरु कार्यान्वयन गर्दै जाने भन्दै पत्रकारलाई सहि र तथ्यगत सुचना दिन प्रहरीले कुनै कन्जुस्याई नगर्ने र सबैको पहुँच हुने गरि बाताबरण निर्माण गरिने बताए । गौतम बुद्ध बिमानस्थल रुपन्देहिबाट हालै मात्रै सरुवा भइ केसि दाङ आएका हुन । त्यस्तै डिएसपि जनकराज मल्लले पनि सुचनाको पहुँच सबैलाई हुने भन्दै जिल्लाका बिकृती र बिसङ्गती नियन्त्रण गर्न प्रहरी सदैब तयार रहेको बताए । सो अवसरमा पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसिले प्रहरीले सहि सुचना समयमै दिनु पर्ने पत्रकारको अपेक्षा रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सुर्खेतकी इनिशा विक बलात्कार तथा हत्याबारे प्रहरीले थालेको अनुसन्धान सकाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले इनिशाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सुर्खेत प्रहरी प्रमुख एसपी सुधीर शाहीले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत २३ फागुनमा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा […]

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाएको हो । प्रशासनले एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको आज बसेको बैठकको निर्णयअनुसार निषेधाज्ञा हटाइएको जानकारी दिएको छ । ‘शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्न तथा नागरिकको जीवनयापन सहज बनाउनुपर्ने भएकोले जिल्ला सुरक्षा समितिको मिति २०८२–१२–१० गतेको निर्णयानुसार मिति २०८२–१२–१० गते बिहान […]

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

error: Content is protected !!