०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

घोराही उपमहानगरकै पछाडी निर्माण कार्यको हरिबिजोग :२० करोड बढीको भवन अलपत्र अबस्थामा

Logo
प्रकाशित सोमबार, भाद्र २५, २०८०

(ABC-Sanchar)
दाङ । जिल्लामा ठेकेदारका कारण धेरै विकास आयोजना अलपत्र परेका छन् । ठेक्का लिने, पेश्की पनि लिने अनि काम शुरु गरेर हराउने परिपाटी अधिकांश आयोजनामा देखिन्छ । यस्तै गतिविधिको शिकार बनेको छ घोराही उपमहानगरपालिकाको प्रशासनिक भवन ।
२० करोड पाँच लाख ९२ हजार आठ सय ९२ रुपैयाँमा घोराही उपमहानगरपालिका परिसरमा निर्माणाधीन प्रशासनिक भवन सम्झौताको हिसाबले सम्पन्न भइसक्नुपर्ने गत वैशाख ३१ गतेभित्रै हो तर अहिलेसम्म पनि जगकै काम भएको छैन । सम्झौता अनुसारको समयमा काम नभएपछि म्याद थपेर असार मसान्तसम्म समय दिइए पनि थपेको म्यादमा पनि काम भएन । दुई वर्ष बिताएर काम नगरेको निर्माण कम्पनीलाई नगरपालिकाले म्याद थपिदिएको थियो ।
उपमहानगरले अन्डरग्राउण्ड पार्किङबाहेक पाँच तलाको भवन बनाउने सम्झौता छ । लिफ्टसहितको सुविधासम्पन्न प्रशासनिक भवन सम्पन्न हुनुपर्ने समयमा जग समेत बनेको छैन । शुरुको ठेक्का सम्झौताअनुसार भवन निर्माण ०८० वैशाख ३१ गतेसम्म सम्पन्न गरिसक्नुपर्नेमा उक्त समयमा भौतिक प्रगति १० प्रतिशत पनि पुगेको थिएन भने निर्माण कम्पनीलाई उपमहानगरपालिकाले १६ दशमलव ६४ प्रतिशत रकम बुझाइसकेको थियो । निर्माण कम्पनीले भौतिक भन्दा धेरै अर्थात् तीन करोड ३३ लाख ८८ हजार दुई सय ५० रुपैयाँ भुक्तानी लिइसकेको थियो ।
०७८ वैशाख ६ गते ठेक्का सम्झौता भएको प्रशासनिक भवन बनाउने गौरी–पार्वती÷भुसाल बस्नेत जेभी २०७९ साउन १५ गतेदेखि सम्पर्कविहीन बनेको थियो । म्याद थप्नकै लागि साइटमा देखिएको निर्माण कम्पनीले म्याद थपेको दुई महिनामा कामै गरेन । ठेकेदारले कामै नगरेपछि भवनको विषय नगरपालिकाको टाउको दुखाइ बनेको घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर युवराज पौडेल बताउनुहुन्छ । नौ पटकसम्म पत्र पठाउँदा काममा नफर्किएका गौरी–पार्वती÷भुसाल बस्नेत जेभीका तीनजना प्रोप्राइटर म्याद सकिने बेला म्याद थपकै लागि साइटमा आएका थिए । साउन १५ गतेदेखि सम्पर्कविहीन बनेका उनीहरूलाई पटक–पटक पत्र काटेर काममा बोलाएको उपमहानगर बताउँछ ।
घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखाको रेकर्डमा गौरी–पार्वतिका विशाल थापा, भूसालका आकाश भुसाल र बस्नेत जेभीका प्रोप्राइटर ऋतु बस्नेतका नाममा नौपटक पत्र काटिएको देखिन्छ । शुरुमा २०७९ भदौ ५ गते पत्र पठाएर काममा आउन भनिएको छ । त्यसपछि असोज ११ गतेको पत्रमा ‘¥याफ्ट फाउण्डेशन’ को कार्य तीन भागमध्ये एक भागको काम अधुरो भएको जनाउँदै धेरै दिनपछि काम शुरु गर्दा ‘¥याफ्ट फाउण्डेशन’ कमजोर हुने आशयको पत्र पठाइएको छ । उक्त पत्रमा काममा ढिलाइ गरेमा त्यसबाट पर्ने आर्थिक क्षति समेत निर्माण कम्पनीले ब्यहोर्नुपर्ने ब्यहोरा उल्लेख गरेर पत्र पठाइएको थियो ।
त्यसपछि पनि सम्पर्कमा नआएको निर्माण कम्पनी र ती कम्पनीका प्रोप्राइटरलाई असोज २३, असोज २६, फागुन २२ मा पनि पत्र पठाइएको थियो । त्यतिमात्रै होइन २०७८ सालमा समेत चारपटक पत्र पठाएर काम गर्न घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखाले ताकेता गरेको थियो । ०७८ पुस २ गते, १८ गते, माघ ६ गते र फागुन ८ गते पनि पत्र पठाएर काममा आउन ताकेता गरेको थियो । पत्रिकामा सूचना निकालेर सम्पर्कमा आउन सार्वजनिक आह्वान गर्दा समेत काममा नफर्केको निर्माण कम्पनी ठेक्काको म्याद सकिन करिब डेढ महिना मात्रै बाँकी छँदा फर्कियो म्याद थप भयो । त्यसपछि फेरि काम गरेन ।
पहिले नै जगको काम समयमै नसक्दा भवन निर्माणका लागि खनेको खाल्टामा पानी जम्मा भएर पिलर तथा बिममा प्रयोग भएका छडमा खिया लाग्यो । गत साउन ३ गते उपमहानगरपालिकाले ठेकेदारलाई काम गर्न आउन भन्दै पत्र पठायो साथै पत्रमा डन्डीमा खिया लागेको र सुरक्षित गर्न पनि भनिएको थियो । पत्र पठाउँदा समेत चालचुल नगरेपछि नगरपालिका आफैले डन्डी बचाउन केमिकल र सिमेन्टको घोल हालेको पूर्वाधार महाशाखाका इन्जिनियर सन्दीप घिमिरे बताउनुहुन्छ । ‘डन्डी खिया नलागोस् भनेर हामीले आफै प्रिभेन्सनका लागि आफै सुरक्षा अपनाएका छौं’– उहाँले भन्नुभयो– ‘पत्र पठाएर बोलाउँदा पनि नआएपछि केमिकल लगाएर डन्डीमा सिमेन्टको घोल हालका छौं ।’
उता घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखाका इन्जिनियर सन्दीप घिमिरेले कामै नभएपछि प्रशासनिक भवनको ठेक्का तोड्ने प्रक्रिया शुरु गरेको बताउनुभएको छ । उपमहानगरपालिकाले अर्घाखाँचीको सन्धिखर्कमा रहेको नबिल बैंकलाई पत्र काटेर मोभिलाइजेसन पेश्की बराबरको रकम नगरपालिकाको खातामा राख्दिन अनुरोध गरेको छ । ‘साउन ३० गते १५ दिने म्याद राखेर पत्र पठाएका छौं’– इन्जिनियर घिमिरेले भन्नुभयो– ‘एक करोड २० लाख चानचुन रकम छ । मोभिलाइजेसन पेश्की बराबरको रकम जम्मा नगरे बिलबाट असुल्ने तयारी छ ।’
इन्जिनियर घिमिरेका अनुसार पत्र पठाएपछि गौरी पार्वतीका प्रोप्राइटर सम्पर्कमा आएर काम गर्ने बताएका थिए । ‘हामीले आफै काम टेकओभर गर्छौं भन्नुभएको थियो’– उहाँले भन्नुभयो– ‘मौखिकरुपमा शुक्रबार आउने कुरा थियो तर उहाँहरु आउनुभएको छैन ।’ उपमहानगरपालिकाले साउन १२ गते अर्को पत्र लेखेर नजिकैको भवनमा समेत क्षति हुन लागेको भन्दै तुरुन्त काम गर्न र काम नगरे ठेक्का तोड्ने प्रक्रियामा जाने भनी निर्माण कम्पनीलाई पत्र काटेको थियो । तर निर्माण व्यवसायी काममा आएका छैनन् ।
घोराही उपमहानगरपालिका निर्माण व्यवसायीले काम गर्ने विश्वस्त आधार नभएकोले ठेक्का तोड्नुको विकल्प नभएको बताउँछ । इन्जिनियर घिमिरेले ठेक्का तोड्ने प्रक्रियामा गइसकेको बताउनुभयो । ‘ठेकेदार काम गर्दैनन् यहाँ आएर बाहिरबाटै डुलेर जान्छन् । काम गर्र्छांै भन्छन् तर गर्दैनन् । जग खनेको खाडलमा भरिएको पानी फाल्न एकजना मान्छे राखेका छन् त्यति मात्रै काम भइरहेको छ’– उहाँले भन्नुभयो– ‘हामीले ठेक्का तोड्न वार्निङ चिठी लेख्यौं । बैंकसँग रकम खातामा हाल्दिन पत्र पनि लेख्यौं । खातामा पैसा नआए बिलबाट भए पनि असुलेर ठेक्का तोड्छौं ।’ उपमहानगरपालिकाका अनुसार ठेकेदारलाई एक करोड २५ लाख जति बिल छ । नयाँ युगबोधबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!