०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

अध्यागमन अधिकृत प्रमुख रामबन्धु सुवेदी दाङमा सिडियो १० सहसचिवको सरुवा

Logo
प्रकाशित सोमबार, भाद्र २५, २०८०

(ABC-Sanchar)
काठमाडौं । गृह मन्त्रालयले मन्त्रालयमा कार्यरत सहसचिवसहित दाङ, भक्तपुर, महोत्तरी,बागलुङ र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । प्राप्त विवरण अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव रुद्रसिंह तामाङलाई अध्यागमन विभाग कालीकास्थान काठमाडौँको महानिर्देशक बनाई पठाइएको छ भने तामाङको ठाउँमा सहसचिव जय नारायण आचार्यलाई सरुवा गरिएको छ । आचार्य गृह मन्त्रालयमा कार्यरत थिए । अनुभव र कार्यक्षमताका हिसाबले विभागमा आचार्यको चर्चा चले पनि अन्तिममा तामाङले बाजि मारेका छन् ।

प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीलाई दाङ जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाइ पठाइएको छ भने दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा ल्याइएको छ । उनी पनि व्यवस्थापन र समन्वयमा दखल राख्ने सहसचिवका रूपमा चिनिन्छन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको प्रजिअ भरतमणि सुवेदीलाई गृह मन्त्रालय ल्याइएको छ भने मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको सिडिओ बनाइएको छ । ललितपुर महानगरबाट गृह प्रवेश गरेका अर्याल निर्णय क्षमतामा अब्बल प्रशासकका रूपमा लिइन्छन् । ललितपुर महानगरमा लामो समय बसेका अर्यालले विवादरहित तवरले काम गरेका थिए ।

मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको प्रजिअ र बागलुङकी प्रजिअ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको प्रजिअमा खटाइएको छ। यससँगै महोत्तरीका प्रजिअ दीपक कुमार पहाडी र भक्तपुरका प्रजिअ खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!