०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

पुर्वसभामुख सुवास नेम्वाङको निधनपछि प्रधानमन्त्री र एमाले अध्यक्ष अस्पतालमा

Logo
प्रकाशित मंगलबार, भाद्र २६, २०८०

(ABC-Sanchar)
काठमाडौँ । संविधानसभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष एवं एमाले संसदीय दलको उपनेता सुवास नेम्वाङको निधन भएको छ ।

आज राती साढे १ बजे ह्रदयघात भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकले मृत्यु भएको जनाएको नेम्वाङको स्वकीय सचिवालय स्रोतले जानकारी दिएको हो ।

नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् । यस्तै उनको निधनपछि एमाले नेता कार्यकर्ताहरु पनि शिक्षण अस्पताल पुगेका छन् ।

नेम्वाङलाई बालुवाटारस्थित निवासमा हृदयघात भएको थियो । ७१ वर्षीय नेम्वाङको पार्थिव शरिर अहिले त्रिवि शिक्षण अस्पतालमा नै छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!