
(ABC-Sanchar)
जनकपुर । प्रहरी तालिम केन्द्रमा भदौं २१ गतेबाट सञ्चालित ६ कार्यदिन अवधिको “घटनास्थय पुनर्ताजगी (जु.प्र.अ.-प्र.ज.) तालिम, ३२ औँ समूह” को आज मिति २०८० भदौं २७ गते यस मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बिच समापन भयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिले सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र, वितरण गर्नुका साथै सफलतापूर्वक तालिम सम्पन्न गर्नुभएकोमा बधाई दिनु भई तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा कार्य सम्पादन अब्बल भएर गर्न निर्देशन दिनुभएको थियो ।