०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

यातायातमन्त्री प्रकाश ज्वालाले राप्ती लोकमार्ग खाल्डाखुल्डी मापदण्डअनुसार सुधार गरिने

Logo
प्रकाशित बिहिबार, भाद्र २८, २०८०


(ABC-Sanchar)
काठमाडौं । राप्ती लोकमार्गमा पछिल्लो समय अत्यधिक दुर्घटनाका कारण यात्रुले ज्यान गुमाएको भन्दै लोकमार्गको सुधारमा आफ्नो विशेष ध्यान केन्द्रित भएको बताए।

मन्त्री ज्वालाले यसै चालू आवमा काम सम्पन्न गर्ने गरी ९० करोड बजेट विनियोजन भई ठेक्का प्रक्रियामा रहेकाले लोकमार्गमा सुरक्षित यात्रा गर्ने वातावरण बनाउनु आफ्नो प्रमुख दायित्व भएको बताए। उनले राप्ती लोकमार्गको पूर्ण सुधारको काम सम्पन्न गर्न अनुमानित ३ अर्ब ६० करोडको बजेट लाग्ने देखिएकाले बजेट व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाएको बताए।

कपुरकोटमा ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री ज्वालाले कपुरकोट बजारक्षेत्रको लोकमार्ग भासिँदै गएकाले यसको वैकल्पिक व्यवस्थाका लागि विज्ञहरूसँग छलफल भइरहेको बताए। उनले कपुरकोट, कोइला औद्योगिक सडकका कारण देखिएको समस्याको दीर्घकालीन समाधानका लागि उद्योग मन्त्रालयसँग छलफल गरेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!