०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

वैदेशिक रोजगारीको नाममा ठगी बढ्दो, सचेत रहन नेपाल प्रहरीको आग्रह

Logo
प्रकाशित शुक्रबार, भाद्र २९, २०८०


ABC (क्राईमबिट)
काठमाडौँ । केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक व्यक्तिले ३४ लाख गुमाए।

गिरोहले त्यहाँ जानका लागि प्रक्रिया थाल्न ‘आइएलटिएस सर्टिफिकेट’ र बायोडाटा, राहदानी, शैक्षिक योग्यताका प्रमाणपत्र पठाइदिनु भनी पटक-पटक ह्वाट्सएपबाट माग गरे। पीडितले कागजात पठाए।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कागजात पेस गर्न रकम तिर्नुपर्छ भनी पीडितबाट नेपालमा रहेका विभिन्न व्यक्तिहरूका नाममा रहेको बैंक खातामा पैसा मागेको पनि भेटिएको थियो।

त्यसरी ठगी गर्ने कार्यमा कास्कीका लक्ष्मण नेपाली र सप्तरीका महावीरप्रसाद संलग्नता रहेको पत्ता लागेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ।

उनीहरू अहिले कानुनी कारबाहीको दायरामा छन्। दुई दिनअघि मात्रै क्यानडा जाने लोभमा पर्दा भूमिराज राईले ११ लाख गुमाए।

आफू ठगिएको थाहा पाएपछि परेको उजुरीका आधारमा क्यानडा पठाइदिन्छु भनी झन्डै रु ११ लाख ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी उपरीक्षक रेग्मीका अनुसार सेक्युरिटी गार्डमा काम लगाइदिने र त्यसबापत मासिक रु दुई लाख तलब हुने लोभ देखाएर ठगी गरिएको थियो।

यस्तै घटना पीडित आशामाया लामालाई वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेकी काठमाडौँको सामाखुसी बस्ने ५० वर्षीय केशरी श्रेष्ठ पक्राउ परेकी छन्। यी घटनाहरू पछिल्ला एक साताका हुन्।

यस्ता घटना दिन प्रतिदिन बढिरहेको प्रहरीको अभिलेखले देखाएको छ। सर्बिया, मलेसिया, क्यानडा, टर्की, अमेरिका, बेलायतलगायत देशमा पठाइदिने भनी यसरी रकम ठगी गर्ने गिरो सक्रिय भइरहेका छन्।

वैदेशिक रोजगारीका नाममा सर्वसाधारण नागरिक ठगी हुने क्रम बढेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मानिसहरू छिटो पैसा कमाउने लोभमा फस्दा लाखौँ रकम डुब्ने गरेको पाइएको हो।

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायत पछिल्ला समयमा वैदेशिक रोजगारीका नाममा दैनिक जसो नै मानिसहरू ठगिएका घटनाहरू देखिएको बताउँछन्।

उनले यो क्रम विगतका वर्षहरूभन्दा बढ्दो क्रममा रहेको देखिएको बताए।

अनलाइन तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी अत्यधिक रूपमा बढिरहँदा त्यतिकै सुरक्षा चुनौती पनि थपिएको प्रहरीको निष्कर्ष छ।

यसतर्फ प्रथमतः नागरिक आफैँ सचेत हुनुपर्ने डिआइजी कडायत बताउँछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरी प्रमुख एसपी *अंगुर जिसी*ले सीमामा बढेको तस्करी विरुद्धको कारबाही र प्रहरीमाथि हुने आक्रमणका बीच पनि *प्रहरीको मनोबल नगिरेको* बताएका छन्। *उनको भनाइ:* ‘चुनौती बढेको छ, तस्करले प्रहरीमाथि बोतल प्रहार गर्ने, हतियार खोस्ने प्रयास गर्ने जस्ता घटना भइरहेका छन्। तर त्यसले हामीलाई रोक्दैन। हामी जुन पनि परिस्थितिको सामना गर्न तयार छौँ’ एसपी जिसीले […]

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

error: Content is protected !!