
(ABC-Sanchar)
काठमाडौं । निगमले आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ बढाएको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँसम्म पुगेको छ । डिजेलको मूल्य १७३ रुपैयाँसम्म पुगेको छ ।
निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको १.१२ र डिजेलको २.९१ रुपैयाँ प्रतिलिटर बढेर आएको जनाएको छ ।