ABC (क्राईमबिट)
रौतहट । इलाका प्रहरी कार्यालय विजयपुरको प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई प्रहरी हिरासतबाट बाहिर निकाली निर्घात कुटपिट गरिएको हो ।
फतुवा विजयपुर नगरपालिका घुसुकपुर निवासी उमेशकुमार यादवको ट्रकको ठक्करबाट सन्तपुर चोकमा मृत्यु भएपछि पक्राउ परेका ट्रक चालकलाई निर्घात कुटपिट गरिएको हो ।
आफ्नो क्षेत्रअन्तर्गत पर्ने विजयपुरमा प्रहरी हिरासतमा रहेका ट्रक चालकलाई हिरासतबाट बाहिर निकाली निर्मम कुटपिटको प्रतिनिधिसभा सदस्य प्रभु साहले निन्दा गरेका छन् ।
साहले घटनामा संलग्नहरूलाई यथाशीघ्र कानुनको दायरामा ल्याउन स्थानीय प्रशासनसहित नेपाल सरकारसँग मागसमेत गरेका छन् ।