०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

खैरो हेरोईन धुलो पदार्थ लागूऔषधसहित एक युवती एक युवा मकवानपुरबाट पक्राउ

Logo
प्रकाशित शनिबार, भाद्र ३०, २०८०

ABC (क्राईमबिट)

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा न.१० भुटनदेवी मोड स्थित सडकमा पैदल हिडिरहेको अवस्थामा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं. ०५ पिप्ले घर भई हाल ऐ.वडा नं.११ नवलपुर बस्ने वर्ष ३१ को दिपेन्द्र सुनार र ऐ. बागमती गा.पा. वडा नं. ६ बस्ने वर्ष २१ की रुपा बिश्वकर्मालाई रितपुर्वक खानतलासी पुर्जी दिई निजहरुलाई चेकजाँच गर्ने क्रममा कालो रुमाल भित्र लुकाई छिपाई गरी राखेको अवस्थामा १२ ग्राम ७४० मिली ग्राम लागु औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको हुदाँ उक्त धुलो पदार्थ सहित निजहरु दिपेन्द्र सुनार र रुपा बिश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]