०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

आइतबार देशभर आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा

Logo
प्रकाशित शनिबार, भाद्र ३०, २०८०


(ABC-Sanchar)
काठमाडौं । हेटौंडास्थित सन्चो अस्पतालका चिकित्सकमाथि भएको कुटपिटमा संलग्नलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेको हो ।

उक्त अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि भदौ २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको संघले आरोप लगाएको छ । चिकित्सकद्वय थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन संघले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

संघले भदौ ३१ गते आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने संघले जनाएको छ ।

संघले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको छ ।
विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउनसमेत माग गरिएको छ ।

संघले हेटौंडा अस्पताल घटनाका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनी घटनालाई निस्तेज पार्न खोजिएको आरोप लगाउँदै सम्बन्धित निकाय माथि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गर्न समेत माग गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(ABC-Sanchar) काठमाडौं । सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको छ । डोजर चलाइँदा सवारी आवागमन पनि असहज भएको छ । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् । […]

ABC (क्राईमबिट) काठमाडौं । प्रहरी महानिरीक्षकको मिति २०८१/०१/२६ गतेको निर्णयानुसार जिल्ला प्रहरी कार्यालय हुम्ला अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीमा सरूवा भई आज मिति २०८१/०२/०६ गते हाजिर हुन आउनु भएका प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बि.क. ले खादा र अभिर लगाई […]

(ABC-Sanchar) काठमाडौं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ४० हजार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा नौ सय […]