०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

सशस्त्र प्रहरी पर्साले अबैध रुपमा नेपाल भित्रिएको दुई ट्रक सामानहरु पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र ३१, २०८०

ABC (क्राईमबिट)
पर्सा । बिरगंज सशस्त्र प्रहरी बल नेपाल पर्सामा सरुवा भइ आउनु भएका प्रहरी उपरीक्षक किशन कर्म आचार्यको कडा निर्देशन पछि जिल्लाका तस्करहरुकाे भागाभाग मच्चेकाे छ ।जिल्लाकाे सिमा नाकाबाट भईरहेकाे अबैध चाेरि तस्करी नियन्त्रणमा सक्रियता देखायपछि अहिले तस्करहरु ले तस्करी गर्न पाएका छैनन । आमनागरिक हरुलाई शान्ति सुरक्षा दिने र सिमा नाकाबाट हुने चाेरि पैठारीलाई नियन्त्रण गर्ने मेराे मुख्य लक्ष्य रहेकाे एसपि किशन कर्मचार्यले बताउनु भयाे ।

पर्सा जिल्ला तस्करहरुकाे अखडा बन्दै गईरहदा त्यसलाई नियन्त्रण गर्न एसपि कर्मचार्य लागि परेका छन । आफु सक्रियताका साथ आफ्ना मातहतका सबै प्रहरी युनिटलाई तस्करी राेक्न कडा रुपमा निर्देशन दिदै आएको बताए । अहिले विभिन्न सीमानाकाहरुबाट ओसार पसार भईरहेकाे अबैध सामामनहरु सशस्त्र प्रहरी बल नेपालकाे टाेलिले अबैध समानहरु निकै कडाईका साथ बरामद गरिरहेकाे छ । सिमाबाट हुने चाेरि तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल निकै सक्रियताका साथ अबैध सामानहरु धमाधम नियन्त्रणमा लिन थालिएकाे छ एसमी कर्मचार्यले बताए ।

त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल FOB ICP बाट खटिएको मोबाईल गस्ती टोलीले वी.म.न.पा. – १७ स्थित ICP ईलाकाबाट एउटै नम्बर प्लेट UP70FT2525 भएका २ वटा भारतीय ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

error: Content is protected !!