(ABC-Sanchar)
कैलाली । सुदूरपश्चिम प्रदेशका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कैलालीको टीकापुर नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुव गरेको हो।
टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर शाही मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सुदूरपश्चिममा सरुवा भएका छन्। भने, परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द खत्रीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय कर्णाली प्रदेशमा सरुवा गरिएको छ।
तर, उनीहरुको ठाउँमा कसैलाई पनि पठाइएको छैन।