२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

नाइट्राभेट ट्याब्लेट लागूऔषधसहित ३ जना बालक बिरगंजबाट पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन ०२, २०८०

ABC (क्राईमबिट)
पर्सा । प्रहरीले वीरगञ्ज महानगरपालिका १५ ब्रम्हचोकबाट लागूऔषध नाइट्राभेट ट्याब्लेटसहित तीन जना बालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक, भक्तपुर र बाराका तीन जना बालक रहेको प्रहरीले जनाएको छ । उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

नाइट्राभेट ट्याब्लेट ३३७ पिससहित भक्तपुरको चाँगुनारायण नगरपालिका – ७ का १६ वर्षीय, सिन्धुलीको सुनकोसी गाउँपालिका – २ का १७ वर्षीय र बाराको प्रसौनी गाउँपालिका – ३ का १७ वर्षीय बालकलाई लागूपदार्थसहित पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

ब्रम्हचोकमा चुरो सेवन गरेर बसिरहेको अवस्थामा उनीहरूलाई शङ्का लागेर प्रहरीले चेकजाँच गर्दा उनीहरूको साथबाट ३३७ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरिएको थापाले बताए ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा लागूऔषध सम्बन्धी कसुर मुद्दामा आइतबार पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको डिएसपी थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]