०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

घरमा कोही नभएको तिजको मौका छोपी कपिलवस्तु विजयनगरमा लाखौंको चोरी

Logo
प्रकाशित मंगलबार, आश्विन ०२, २०८०

 

ABC (क्राईमबिट)

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ३ कडिहारमा बस्ने जाकिर हुसेनको घरमा चोरी भएको छ । हुसेनका अनुसार गत राति १२ बजेसम्म चोरी नभएको र बिहान ५ बजेतिर घरबाट गरगहना र नगद चोरी भएको थाहा पाएको बताएका छन् । उनले २ हजार नगद, ५ जोर कपडा र गरगहना चोरी भएको बताए ।

गत राति हुसेनको घरबाट गरगहना, नगद र लत्ताकपडा गरि २ लाख ५० रुपैयाँ बढीको चोरी भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजालले जानकारी दिए ।

प्रहरीका अनुसार घरमा सबै परिवार सुति राखेको अवस्थामा चोरी भएको हो । ढोकामा बाहिरबाट चुक्कुल लगाएर अज्ञात व्यक्तिले सुनका गरगहना, लत्ताकपडा र नगद चोरी गरेको हो । चोरीमा संलग्नको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

error: Content is protected !!