०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

सशस्त्र प्रहरी बलले पर्साले ठूलो मात्रमा भन्सार छलीको लत्ताकपडाहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन ०२, २०८०

ABC (क्राईमबिट)
पर्सा । वीरगञ्ज महानगरपालिका १६ नगवाबाट सशस्त्र प्रहरीले सोमबार दिउँसो १० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो ।

अवैध तरिकाले भारतबाट कपडा लिएर आइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) वीरगञ्जले १० लाख ३ सय रुपैयाँ बराबरको विभिन्न किसिमको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) सङ्गम श्रेष्ठले जानकारी दिए ।

डिएसपी श्रेष्ठका अनुसार बरामद कपडा भरियाहरूले साइकलमा लोड गरेर ल्याइरहेको थिए । यद्यपि प्रहरीले देख्नसाथ कपडा छोडेर भरियाहरू साइकल चढेर फरार भए ।

बरामद कपडा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको । कपडा धनीको पत्ता लगाउने काम भइरहेको डिएसपी श्रेष्ठले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

error: Content is protected !!