०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

प्राथमिक स्वास्थ्य केन्द्र होलेरीको एम्बुलेन्स महिनौ देखि बेवारिसे सडक झाडीमा अलपत्र

Logo
प्रकाशित बुधबार, आश्विन ०३, २०८०

(नन्दराम खड्का)

होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा रहेको एम्बुलेन्स महिनौं देखि सडकमा बेवारिसे थन्क्याइएको छ।

एम्बुलेन्स जस्तो अत्यावश्यक सवारी बिग्रिएको खण्डमा अविलम्ब मर्मत गराएर चौबीसै घण्टा स्वास्थ्य कार्यालयमा तैनाथ गरेर राख्नु पर्ने भएपनि रोल्पामा भने एम्बुलेन्स बेवारिसे रुपमा सडक किनारामा राखिएको छ।

हाल सर्वसाधारण बिरामी परेर अस्पतालसम्म पुग्नु पर्दा वा अस्पतालबाट थप उपचारका लागि दाङ पुग्न चर्को भाडा तिरेर निजि सवारी प्रयोग गर्नु पर्ने बाध्यतामा रहेका छन्।

एम्बुलेन्स मर्मत गर्ने परैको कुरो हो शुरक्षित तरिकाले सम्बन्धित स्वास्थ्य संस्थाको प्राङ्गण वा स्थानीय सरकारको प्राङ्गणमा समेत लगिएको छैन।

राज्यकोषको रकम खर्चेर जनताका सेवाका लागि खरिद गरिएको एम्बुलेन्स बेवारिसे रुपमा अल्पत्र थन्ज्याइएकोप्रति सम्बन्धित संस्था जिम्मेवार नभएपनि नजिकै रहेको स्थानिय सरकार संवेदनशिल हुनुपर्ने स्थानियहरुको भनाई रहेको छ।

हाल एम्बुलेन्स होलेरी जुर्नेटा बजार नजिकै घोराही-होलेरी शहिदमार्ग खण्डको किनार झाडीमा राखिएको छ।
यसरी एम्बुलेन्स बेवारिसे फालिदा सयौं पटक त्यहि स्थानबाट आवतजावत गर्ने स्वास्थ्यकर्मी,कर्मचारी तथा जनप्रतिनिधिहरुको नजर भने पर्न सकेको छैन।

एबिसी सञ्चारको ध्यानाकर्षण पछि रुन्टीगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगीले सम्बन्धित निकायकाई मर्मत गरेर सेवा प्रवाह गर्न तथा शुरक्षित स्थानमा पार्किङ गर्न निर्देशन दिने बताएका छन्।

लाचारी ढंगबाट सार्वजनिक सवारी एम्बुलेन्स अझै सम्बन्धित निकायले झाडीमै राखेमा स्थानियहरु चुप लागेर नबस्ने बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

error: Content is protected !!