०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

सुर्खेतमा प्रधानाध्यापकमाथि हँसिया प्रहारको प्रयास एकजना युवक पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०४, २०८०


ABC (क्राईमबिट)
सुर्खेत । सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल छ एक जना युवाले हँसिया लिएर एक महिलालाई धम्क्याइरहेका छन् । महिला रुँदै हँसिया खोस्ने प्रयास गरिरहेकी छिन् । तर, ती युवा धम्कीपूर्ण व्यवहार गरिरहेका छन् ।

सामाजिक सञ्जालमा भाइरल यो भिडिओ हो, पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –१, बडासैनमा रहेको सुदर्शन प्राथमिक विद्यालयको । ती युवकले विद्यालयका प्रधानाध्यापक हिरादेवी भण्डारीलाई काटिदिने भन्दै हँसिया लिएर विद्यालयमा प्रवेश गरेका थिए । घटना ३१ भदौको हो । शिक्षा दिवसको अवसर पारेर विद्यालयका गरिएको कार्यक्रममा सबै जना सहभागी थिए ।

कार्यक्रममा सामान्य विवाद गरेर घर फर्किएका ती युवा हुन्, सोही ठाउँमा २२ वर्षीय छवि साउँद । मदिरा सेवन गरी कार्यक्रममा सहभागी साउँदले प्रधानाध्यापक भण्डारी र विद्यालय व्यवस्थापन समितिको अध्यक्षलाई काटिदिने धम्की दिएका थिए ।

विवाद गरी घर फर्किएका उनी केही बेरपछि हँसिया लिएर पुनः विवाद गर्न थाले । प्रधानाध्यापकको कोठामा प्रवेश गरेका उनको हातबाट प्रअ भण्डारीले हँसिया खोस्ने प्रयास गरिरहेकी छन् । तर, ती युवाले हँसिया खोसेकी प्रअमाथि जाइलागेको भिडिओमा देख्न सकिन्छ ।

भण्डारीमाथि हँसिया प्रहार गर्न खोज्ने ती युवा स्वयम् भण्डारीकै विद्यार्थी हुन् । साउँदलाई प्राथमिक तहसम्मको शिक्षा दिने उनै प्रअ भण्डारी हुन् ।

घटना के भएको हो प्रअ भण्डारीको भनाइ जस्ताको त्यस्तै:

स्कुलमा कार्यक्रम गरिरहेकै बेलामा रक्सी खाएर हातहतियारसहित ममाथि आक्रमण गर्न खोजेका हो । म ठुलो दुर्घटनाबाट बचेँ । विद्यार्थीलाई राम्रोसँग नपढाउनु भएर हो कि ? भन्ने प्रश्नमा भण्डारी भन्छिन्–हैन त्यस्तो केही हैन । विद्यालयमा अभिभावक पनि बोलाएकी थिएँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्यू पनि हुनुहुन्थ्यो । उहाँमाथि पनि गाली बेइज्जती र धम्की दियो । पछि म अफिसभित्र बसिरहेका बेला ढोकालाई लात्तिने हानेर भित्र पसेर दुई पटकको प्रयासमा हात पन्छाएर हतियार फाल्न सकेँ । तीन पटकमा हतियार म आफैँले समात्न सफल भएँ । अहिले सामाजिक सञ्जालमा आएको भिडिओ अफिस भित्रको होइन । ढोकाबाट बाहिर निस्किसकेपछिको हो । उ मैले नै पढाएको विद्यार्थी हो ।

घटनापछि उनी लुकेर बसेका थिए । ऊसँग सम्पर्क गर्दा फोन नउठाउने गर्थ्यो । अस्ति उनको आमा सम्पर्कमा आएर मिल्छु भनेपछि उसलाई ल्याएर मिलाइदिनु भनेर भने । तर, अपराधीलाई छोड्न नमिल्ने भन्दै प्रहरीले पक्राउ गरेको हो ।

हामीले विद्यार्थीलाई नपढाएको भनेर होइन । हाम्रो विद्यालयको बारेमा पालिकाले चासो दिएको छ । शिक्षक दरबन्दी कम छ । कार्यक्रम हुन लागेको बेला उनको भान्जा बिरामी थियो । मेरो भान्जा बिरामी हुँदा पनि किन हेरेनौ । मरेको भए तिमीलाई जानेको थिएँ, तिमीलाई अब काट्छु, मार्छु भनेर यस्तो हर्कत गरेको हो ।

दोषीलाई कडा कारबाही गर्न पालिकाको माग

उक्त घटनाको विषयलाई लिएर चौकुने गाउँपालिकाले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ । गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश) र शिक्षा शाखा प्रमुख टेकेन्द्रबहादुर बुढाले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘ विद्यालय सञ्चालन भइरहेकै समयमा मादक पदार्थ सेवन गरी विद्यालयको नियमित कामकाज गरिरहो प्रअको कार्यकक्षमा प्रवेश गरी दुर्व्यवहार तथा घरेलु हतियार प्रयोग गरी ज्यान मार्ने प्रयास गरेकाले दोषी उपर कडा भन्दा कडा कारबाहीको माग गर्दछौँ ।’

युवक पक्राउ, जिप्रकामा मुद्दा दर्ताको तयारी

इलाका प्रहरी कार्यालय बाबियाचौरले घटनामा संलग्न साउँदलाई पक्राउ गरेर पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइसकेको छ ।

बुधबार पक्राउ परेका युवक र घटनासँग सम्बन्धित पीडितलाई मुद्दा दर्ताका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएको हो । वीरेन्द्रनगरमा रहेकी प्रअ भण्डारीले आज बिहीबार मुद्दा दर्ता गर्ने तयारी गरिरहेको बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

error: Content is protected !!