
(महेन्द्र सिंह)
बाँके । नेपालगन्ज जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरको निर्देशनमा मातहत ट्राफिक प्रहरी पोष्ट “नेपालगंज, शम्सेरगंज, सम्झना, चोक फुलटेक्रा, भगवानपुर, “लुम्बिनि प्रदेश स्तरिय ट्राफिक सचेतना अन्तर्गत मातहत पोष्टबाट बिभिन्न स्थानमा खटिइ गई बाटो प्रयोग कर्ता, चालक तथा सह-चालक, बिद्यार्थि, सर्वसाधारणहरुलाई ट्राफिक नियम,सवारी दुर्घटना, सवारी दुर्घटना न्युनिकरण उपायहरुका बिषयमा सचेतना कार्यक्रमहरू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपिकृष्ण सुबेदीले जानकारी दिनुभएको छ ।