०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

राउटेहरुले दशैँ खर्च माग्दै लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरे

Logo
प्रकाशित बिहिबार, आश्विन ०४, २०८०

(ABC-Sanchar)
दाङ । बिहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि बिर्खे बहादुर शाहीको टोलीले मुख्यमन्त्रीसँग भेटघाट गरेको हो । भेटमा राउटे मुखियाका प्रतिनिधि शाहीले दशैँ खर्च दिन मुख्यमन्त्रीलाई आग्रह गरे ।

 

‘अब दशैँ आइसक्यो, दशैँमा बलि पनि दिनुपर्छ, खसी पनि खानुपर्छ, सरकारले पैसा दिनुपर्‍यो’, उनले भने, ‘८६ घरपरिवार छन्, खसी खान सरकारले दुई लाख रुपैयाँ दिनुपर्छ । सबै मत्रीहरूले हामीलाई दशैँ खर्च दिनुपर्‍यो, हामी लगेर सबैलाई बाँड्छौँ ।’

शाहीले आफूहरू अहिले दैलेखमा बसिरहेको र दशैँ खर्चका लागि दाङ आएको बताए । तीज खर्चकै लागि आएका हौँ, उनले भने, तीज गइगो, अब दशैँ खर्च जुटाउनु परेको छ ।

मुख्यमन्त्री चौधरीले सरकार राउटे समुदायलाई सहयोग गर्न, दशैँ खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताए । ‘राउटेहरूलाई पहिलेदेखि नै सरकारले दशैँ खर्च दिँदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशैँ मनाउन समस्या हो भने लुम्बिनीले पनि केही सहयोग गर्छ’, मुख्यमन्त्री चौधरीले भने, ‘दुईरतीन दिनमा सरकारको केही सहयोग हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सल्यानमा गाडी हिँड्ने सार्वजनिक सडकमै टिकटक भिडियो बनाउँदा दुर्घटनाको उच्च जोखिम देखिएपछि *सल्यान प्रहरीले भावना पुन मगरलाई सचेत गराईसकेको छ । अबदेखि यस्तो कार्य दोहोरिए कारबाही गर्ने चेतावनी पनि दिएको थियो । *के भएको थियो:* टिकटकमा सक्रिय रहेकी भावना पुन मगरले सवारीसाधन चल्ने सडकमा उभिएर भिडियो बनाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको […]

कपिलवस्तु । सीमा क्षेत्रमा चेकजाँचका क्रममा *भारतीय नम्बर प्लेट DL4CNE9412 को टोयटा कार*बाट बोतल मदिरा* बरामद गरिएको छ। *घटना विवरण:* गोप्य सूचना र नियमित चेकजाँचका क्रममा सुरक्षाकर्मीले उक्त गाडीलाई रोकेर जाँच गर्दा अवैध रूपमा भन्सार छली ल्याइएको मदिरा फेला पारेका हुन्। गाडी र मदिरा दुवैलाई नियन्त्रणमा लिइएको छ। *कारबाही:* बरामद मदिरा र गाडीलाई थप अनुसन्धान […]

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

error: Content is protected !!