०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

नेपालगञ्ज गुलरिया सडक विस्तारले गति लिएपछि बाँके र बर्दिया जिल्लावासीहरु उत्साह

Logo
प्रकाशित सोमबार, आश्विन ०८, २०८०


(ABC-Sanchar)
बाँके । नेपालगन्ज गुलरिया साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता हटेकाले सर्वसाधारणमा उत्साह छाएको जानकी गाउँपालिकाका अगुवा पदमबहादुर धितालले बताए ।

‘पहिला साँघुरो सडक हुँदा धेरै दुःख थियो, ठूला गाडीले सडक च्याँपेर आउँदा मोटरसाइकल चलाउनेलाई धेरै कठिन हुने गर्दथ्यो’, उनले भने, ‘अहिले चारलेन सडक भएपछि धेरै राम्रो भएको छ ।’
साँघुरो सडकलाई विस्तार गरेर चारलेन बनाउने कार्यले गति लिएपछि बाँकेको जानकी, खजुरा र बर्दियाको बढैयाताल गाउँपालिकामा बजार क्षेत्रको मुहारै परिवर्तन भएको छ । बर्सातको समयमा निर्माणको काम भइरहँदा आवतजावतमा केही समस्या भए पनि सडक निर्माणको काम द्रुत गतिमा भइरहेको खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

उनले नेपालगञ्ज–गुलरिया सडक बाँके र बर्दियावासीको लाइफलाइनका रुपमा रहेकाले यसको विस्तारले दुवै जिल्लाका नागरिकमा खुसीयाली छाएको उल्लेख गरे । नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा र जानकी गाउँपालिकामा बर्सातको समयमा पनि काम भइरहेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज–गुलरिया सडकखण्ड विस्तार योजनाको काम धमाधम भएको उल्लेख गरे ।

उनका अनुसार ३२ दशमलव नौ किलोमिटर लम्बाइको रहेको नेपालगन्ज–गुलरिया सडकमध्ये २२ दशमलव सात किलोमिटर चार लेन र १० दशमलव दुई किलोमिटर दुई लेनको निर्माण गरिनेछ । यस सडकमध्ये एक दशमलव आठ किलोमिटर चार लेन सडक निर्माण भइरहेकाले ३१ दशमलव एक किलोमिटर सडक स्तरोन्नति हुनेछ । बस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रूपमा स्तरोन्नति हुनेछ ।

सडक स्तरोन्नतिका लागि दुई अर्ब ६९ करोडमा खर्च हुने जनाइएको छ । गत भदौ अन्त्यमा बोलपत्र तथा शिलान्यास भएको यो सडक ठेक्कासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्माणकार्य सुरु भएको हो । यो सडक निर्माणपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगञ्ज पुग्न सहज हुने भएकाले यसलाई गौरवको योजनाका रूपमा लिइएको इञ्जिनियर पाण्डेले बताए ।

सडक निर्माणको जिम्मा पाएको कम्पनीका प्रतिनिधि नवीन शर्माले नेपालगञ्ज–गुलरिया सडकविस्तार सम्झौताको समयावधिभित्रै सम्पन्न गर्ने गरी दु्रत गतिमा काम भइरहेको बताए ।

उनले सडकमा पानी जम्न नदिन खाल्डाखुल्डीमा नियमितरुपमा आवश्यक ग्राभेल गरी आवतजावतमा सहज बनाउन कामदार परिचालन गरिएको जानकारी गराए । ‘हामीले सोचेभन्दा बढी मात्रामा पानी परेकाले केही समस्या भएको छ’, उनले भने, ‘सर्वसाधारणलाई आवतजावतमा समस्या हुन नदिन र फसेका मालवाहक सवारीसाधन निकाल्न आवश्यक तयारी गरेका छौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ रामपुरका पाँच जना युवाहरू मिलेर सामुहिक रूपमा तरबुजा खेती गर्नु भएको छ।दङ्गीशरण गाउँपालिका वडा नम्बर ,१ को बबई नदीको छेउमा कृषक कृष्ण चौधरी लगायत पाँच जना तरबुजाखेतीमा संलङ्ग हुनुहुन्छ।विगतमा बालुवा बालुवाले नै उराठिलो रहेको बगर अहिले हरियालीमा परिणत भएको छ । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि आफूहरू […]

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

error: Content is protected !!