
(ABC-Sanchar)
रौतहट । एनआईसी एसिया बैंकले आफूहरूलाई ठगेको भन्दै ग्राहकले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि एनआईसी बैंकको ठगीधन्दा बाहिर आएको हो । ऋण स्वीकृत र कर्जा प्रवाह गर्दा एनआईसी बैंकका कर्मचारीले ग्राहकसँग सापटी माग्दै ठगेका हुन् ।
बैंकका कर्मचारीले बेइमानी गरेपछि यही असोज दुई गते तीन जना पीडितले जिल्ला प्रशासन कार्यालय, रौतहटमा उजुरी दिएका थिए । त्यसपछि उक्त उजुरी अनुसन्धानका लागि प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।