२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

जेठ १५ गतेबाट संचालनमा आएको लुम्बिनी केबलकारको सेवा बन्द हुने

Logo
प्रकाशित आइतबार, आश्विन १४, २०८०

(ABC-Sanchar)

बुटवल । आजदेखि तीन दिनसम्म केबलकारको सेवा बन्द हुने ब्यवस्थापनले जानकारी दिएको छ ।

असोज १४ गतेदेखि १७ गतेसम्म केबलकारको नियमित मर्मत सम्भारका लागि पूर्णरुपमा सेवा बन्द गरिने लुम्बिनी केबलकार लिका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए । केबलकारमा बेलाबखत चल्दाचल्दै रोकिने समस्या देखिएपनि ब्यवस्थापनले कुनै प्राविधिक समस्या आएर नभइ नियमित प्रकृया अन्तर्गत पहिलोपटक सेवा बन्द गरेर मर्मत सम्भार गर्न लागिएको जनाएको छ ।


बुटवलमा संचालनमा रहेको केबलकार अष्ट्रियाको डुपलमेयर कम्पनीको उपकरणबाट संचालन गरिएको हो । डुपलमेयर कम्पनीक उपकरण विश्वमै सवबैभन्दा सुक्षित र अत्याधुनिक प्रविधियुक्त मानिदै आएको ब्यवस्थापनको दाबी छ । तीन दिन सेवा बन्द हुंदा पर्यटक र भक्तजनमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको र असोज १७ गते देखि केबलकार नियमित रुपमा सञ्चालनमा आउने अपरेशन म्यानेजर सैजूले बताए ।

स्थानीयको सहभागीता सहित आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो । सञ्चालनमा आएको साढे ४ महिनामा करिब ७५ हजार जनाले केबलकार यात्रा गरेको समेत ब्यवस्थापनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]