०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

नाइजेरिया नदीमा यात्रुवाहक डुङ्गा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता खोजीकार्य जारी

Logo
प्रकाशित बुधबार, आश्विन १७, २०८०

(ABC-Sanchar)
काठमाडौं । केबीको याउरी स्थानीय सरकारी क्षेत्रमा रहेको साप्ताहिक बजारमा कम्तीमा ५० जना यात्रु बोक्ने क्रममा सोमबार डुङ्गा पल्टिएको जिल्लाका प्रशासक बाला मोहम्मदले सञ्चारमाध्यमलाई जानकारी दिए ।

मोहम्मदका अनुसार अहिलेसम्म १० जना यात्रुको मात्र उद्धार गरिएको छ । उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा उक्त डुङ्गाले मुसलधारे वर्षाको सामना गर्नुपरेको थियो ।

नाइजर राज्य आपत्कालीन व्यवस्थापन एजेन्सीका प्रमुख सालिहु गरबाले राज्यको राजधानी मिन्नामा पत्रकारहरूलाई स्थानीय अधिकारी र आपत्कालीन सेवाहरूले हराइरहेका यात्रुहरूको खोजी र उद्धार सेवा सुरु गरेको बताए । स्थानीय गोताखोरलाई डुङ्गामा सवार बेपत्ता यात्रुको खोजी तथा उद्धारका लागि परिचालन गरिएको गरबाले जनाएको छ ।

पश्चिम अफ्रिकी मुलुकमा डुङ्गामा रहने अत्यधिक भार र खराब मौसम कारण डुङ्गा दुर्घटना हुने गरेको छ ।

गत महिना पनि नाइजेरियाका राष्ट्रपति बोला तिनुबुले मुलुकमा पटक पटक हुने डुङ्गा दुर्घटनाको बृहत् अनुसन्धान गर्न आदेश दिएका थिए ।

तिनुबुले कानून प्रवर्तन, समुद्री सुरक्षा, र यातायात सुरक्षा अधिकारीहरूसहित विभिन्न सरकारी एजेन्सीहरूलाई दुर्भाग्यपूर्ण र रोकथाम योग्य विपत्तिहरूको मूल कारणहरू पहिचान गर्न निर्देशन दिएका थिए । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*१. कानुनी रूपमा यो अपराध हो* ४ वर्षको बच्चालाई १,२,३ लेख्न नजानेको निहुँमा कुटपिट गर्नु _बालबालिका सम्बन्धी ऐन २०७५_ र _मुलुकी अपराध संहिता २०७४_ अनुसार सजाय हुने कसुर हो। – बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिने शिक्षक/संस्थालाई १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। – बारम्बार दोहोरिएको छ भने यो “निरन्तर हिंसा” को […]

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

error: Content is protected !!