०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

मानन्धरकी श्रीमती भारतीको पीडा सुनेर ओलीको आँखामा आँसु आयो संसदमा पनि आवाज उठाए

Logo
प्रकाशित बुधबार, आश्विन १७, २०८०

(ABC-Sanchar)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिगललाई माफी दिएपछि चेतन मानन्धरकी श्रीमतीको पीडा सुनेर खपी नसक्नु भएको बताएका छन् । रिगल मानन्धरको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिररहेका बेला मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट सजाय मिनाह भएपछि जेलमुक्त भएका थिए ।

आफ्ना श्रीमान् चेतनको हत्या गर्ने दोषीलाई राष्ट्रपतिले माफी दिएपछि भारतीले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी छिन् । उनले पत्रकार सम्मेलन गरी आफ्नो पीडा सुनाएकी थिइन् । एमाले अध्यक्ष ओलीले भारतीले सुनाएको पीडाले आफूलाई खपी नसक्नु भएको र आँसु आएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘भारती बहिनी ! सामाजिक सञ्जालभरि देखेँ– तपाईंको पीडा खपिनसक्नु छ । यो देखेर मेरा पनि आँसु आए । तपाईंले मनोबल उच्च बनाउनुपर्छ । राज्यले नागरिकको संरक्षण गर्नुपर्छ, अपराधीको होइन– आज मैले संसदमा पनि आवाज उठाएको छु । तपाईंको पछाडि म उभिएको छु, सिङ्गो देश उभिएको छ । तपाईंले न्याय पाउनुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*१. कानुनी रूपमा यो अपराध हो* ४ वर्षको बच्चालाई १,२,३ लेख्न नजानेको निहुँमा कुटपिट गर्नु _बालबालिका सम्बन्धी ऐन २०७५_ र _मुलुकी अपराध संहिता २०७४_ अनुसार सजाय हुने कसुर हो। – बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिने शिक्षक/संस्थालाई १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। – बारम्बार दोहोरिएको छ भने यो “निरन्तर हिंसा” को […]

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

error: Content is protected !!