
(ABC-Sanchar)
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जको स्थिति नियन्त्रणमा रहेको बताएको छ । प्रशासनले आज साँझ एक सूचना जारी गर्दै सद्भाव कायम राख्न भ्रामक सूचना प्रचार नगर्न समेत आग्रह गरेको छ ।
स्थिति नियन्त्रणमा लिन सबै सुरक्षा निकाय परिचालन गरिएको भन्दै प्रशासनले सामान्य बल प्रयोग गर्दा ३ जना सुरक्षाकर्मीसहित १३ जना घाइते भएको बताएको छ । घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको समेत प्रशासनले जानकारी दिएको छ । नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।