१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

अफगानिस्तानमा शक्तिसाली भूकम्प एक हजारभन्दा बढीको मृत्यु ५०० जना बेपत्ता

Logo
प्रकाशित सोमबार, आश्विन २२, २०८०

(ABC-Sanchar)

काठमाडौं । काबुल अफगानिस्तानमा आपतकालीन टोलीहरू देशको पश्चिममा गएको शक्तिशाली भूकम्पको भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न प्रयासरत छन्। शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी हेरात प्रान्तका गाउँहरूमा एक हजारभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।

सञ्चार र धेरै सडक अवरुद्ध भएका कारण उद्धारकर्मीहरू दुर्गम क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन्। सयौं घाइते पनि भएका छन् । संयुक्त राष्ट्र संघ र अन्य संस्थाहरूले आपतकालीन आपूर्तिमा पुर्‍याउन थालेका छन्।

शनिबार स्थानीय समय अनुसार राति ११:३० बजे हेरात सहरबाट ४० किलोमिटर उत्तर-पश्चिममा भूकम्प गएको थियो। सबैभन्दा नराम्ररी प्रभावित माटोका संरचनाहरू छन्। “पहिलो झट्कामा सबै घरहरू ध्वस्त भए,” हेरातका बासिर अहमदले एएफपी समाचार एजेन्सीलाई भने। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कम्तीमा ४६५ घर भत्किएको बताएको छ ।

मृतकको यकिन तथ्याङ्क अझै आइसकेको छैन । अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको मानवीय मामिला कार्यालयले एक हजारभन्दा बढी मानिसको मृत्यु भएको र करिब ५०० अझै बेपत्ता रहेको बताएको छ । यसअघि आइतबार तालिबान सरकारले दुई हजार मानिस मारिएको वा घाइते भएको बताएको थियो। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

error: Content is protected !!