२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

नेपालभारत सीमा नेपालगञ्जको जमुनाहा नाका बुधबार बेलुका ८ बजेसम्म बन्द हुने

Logo
प्रकाशित बुधबार, कार्तिक ०८, २०८०

 

(ABC-Sanchar)

बाँके । हिन्दु धर्मावलम्वीहरुले दसैंमा स्थापना गरेका दुर्गा मूर्तिहरु धार्मिक ¥याली गर्दै सेलाउन नदीतर्फ लैजाने कार्य भइरहेको हुँदा सुरक्षा सतर्कता अपनाउनका लागि आज एक दिनका लागि जमुनाहा नाका बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सीमा पारीका सुरक्षा अधिकारीहरुसँगको सल्लाह र समन्वयमा आज राति ८ बजेसम्मका लागि उक्त नाका बन्द गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

एम्बुलेन्स, दमकल तथा औषधि, खाद्यान्नलगायतका ढुवानी गर्ने अत्यावश्यक सवारी साधनहरु बाहेक अन्य सबैलाई नेपाल प्रवेशमा रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।

नेपालगन्जका सडकहरुमा अहिले दुर्गा मूर्ति सेलाउन तालतलैया, जलकुण्ड तथा नदीतर्फ लैजाने कार्य भइरहेको छ । नेपालगन्जका सडकहरुमा दुर्गा मूर्ति राखिएका ट्रक तथा ट्रयाक्टरहरुसहितको धार्मिक ¥याली भइरहेको छ।

कुनै सम्भाव्य घटना तथा दुर्घटना हुन नदिन तथा मूर्ति विसर्जन गरिने कार्यक्रमलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि जिल्लाभरि नै सुरक्षा सतर्कता अपनाउँदै कडा सुरक्षा व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]