२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

इजरायलले गाजा क्षेत्रमा पुन सैन्य कारबाहीको तयारी सुरु गर्दै

Logo
प्रकाशित बिहिबार, कार्तिक ०९, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा क्षेत्रमा स्थलगत सैन्य कारबाहीको तयारी भइरहेको बताएका छन्।

प्रधानमन्त्री नेतान्याहूले सैन्य कारबाही कहिलेबाट सुरु हुने भन्नेबारेमा स्पष्ट जानकारी नदिए पनि स्थलगत रूपमा हुने कारबाही व्यापक हुन सक्ने जनाइएको छ। प्रधानमन्त्री नेतान्याहूले यस्तो कारबाही सुरु मात्र भएको दाबी गर्दै अब आतङ्कवाद अन्त गरेर मात्र विश्राम लिने बताएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीचको तनाव तत्काल यथास्थितिमा फर्कने सम्भावना नरहेको बताए।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो टिप्पणीमाथिका प्रतिक्रियाले आफू स्तब्ध भएको बताउनुभएको छ। इजरायलले पनि प्यालेस्टाइनीमाथि दमन गरेको तर हमासले गरेको आतङ्कले प्यालेस्टिनीको गुनासो समाधान नगर्ने टिप्पणी गरेका थिए।

जवाफमा इजरायलले उनको भनाइमा कडा आपत्ति जनाउँदै महासचिव गुटेरेसलाई इजरायल प्रवेशमा रोक लगाउन सक्ने चेतावनी दिएको थियो। हमास माथिको हमलामा सर्वसाधारण परेको प्रति गुटरेसले टिप्पणी पछि इजरायलले उनको राजीनामा माग गरेको थियो।

त्यस्तै, गाजा क्षेत्रका अस्पतालहरूमा इन्धन अभाव भएपछि काम अवरुद्ध भएको छ। गाजा स्थित राष्ट्रसङ्घीय नियोग समेत इन्धन अभावका कारण बन्द गर्नुपर्ने स्थिति आएको छ। गाजा क्षेत्र इन्धन, खानेपानी, अन्न जस्ता आवश्यकताका लागि इजरायलमाथि नै निर्भर रहेका छन्।

इजरायल र हमासबीच २० दिनदेखि जारी युद्धमा दुवैतर्फ गरी झन्डै आठ हजारजतिको मृत्यु भइसकेको छ। मारिनेमा कम्तिमा दुई हजार जना बालबालिका रहेका छन्। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!