२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

इजरायल र प्यालेस्टिनी विद्रोही हमला युद्धमा अहिलेसम्म ३१ पत्रकार मारिए

Logo
प्रकाशित मंगलबार, कार्तिक १४, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट’ सीपीजेका अनुसार इजरायल र हमासबिच जारी युद्धमा अहिलेसम्म २६ प्यालेस्टिनी, ४ इजरायली र एक लेबनानी पत्रकार मारिएका छन् ।

सीपीजेले विज्ञप्तिमा भनेको छ, ‘खास गरी गाजा क्षेत्रमा पत्रकारहरूले असाधारण खतराको सामना गर्नु परिरहेको छ, उनीहरूले इजरायलको खतरनाक बमबारी र जमिनी हमलाबाट गुज्रिनु परिरहेको छ ।’

मृत्यु भएका पत्रकारमा प्यालेस्टिनी फिल्म मेकर रोशदी सराज र रोयटर्सका बेरुतस्थित भिडियोग्राफर इसाम अब्दल्लाह पनि छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उसका पत्रकार इजरायलका तर्फबाट लेबनान सीमामा गरिएको आक्रमणमा मारिएका हुन् । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!