१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

आक्रमणमा ३२६ जना इजरायली सैनिकहरुको मृत्यु

Logo
प्रकाशित बिहिबार, कार्तिक १६, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । इजरायलको सेनाले आफ्नो वेबसाइटमा अक्टोबर ७ मा भएको आक्रमणपछि मारिएका सैनिकको संख्या सार्वजनिक गरेको छ ।

इजरायलको सेनाले अहिलेसम्म ३२६ सैनिकको मृत्यु भएको जनाएको छ । तीमध्ये धेरैजसो अक्टोबर ७ मा वा आसपासमा मारिएका थिए। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो ।

मारिएका सैनिकको तस्बिर वेबसाइटमा राखिएको छ र उनीहरुको उमेरबारे पनि जानकारी दिइएको छ ।

मंगलबार ११ सैनिकको मृत्यु भयो, उनीहरुको उमेर १९ देखि २४ वर्षको बीचमा थियो ।

यसैबीच, गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता गाजामा ८५२५ जनाको मृत्यु भएको जनाएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गाजामा १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिनुभएको छ । उहाँले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै बताउनुभयो,“ हालको परिस्थितिमा अकाल केही हदसम्म टालिएको छ र धेरै मानिसहरूले जीवित रहन आवश्यक खाना प्राप्त […]

गाजा । हमासको नागरिक रक्षा एजेन्सीका अनुसार इजरायली गोलीबारीबाट ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । इजरायलले घटना अझै अनुसन्धानमै रहेको बताएको छ । इजरायली सेना (आईडीएफ) ले गाजावासीहरू सहायता ट्रकहरू वरिपरि भेला भएपछि चेतावनी दिदै गोली चलाएको बताएको छ । गाजाको अल-शिफा अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले घटनापछि आफ्नो अस्पतालमा ३५ जनाको शव […]

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

error: Content is protected !!