०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

नेपालमा दर्ता नभएका मोबाइल सोमबार देखि नचल्ने दर्ता गरेर मात्र चल्ने

Logo
Abc Sanchar प्रकाशित सोमबार, कार्तिक २०, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ । यो प्रणाली लागू भएसँगै नेपालमा दर्ता नभएका मोबाइल चल्ने छैनन् । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यले यो प्रणाली लागू गरिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयनमा ल्याउने लागिएको जनाएको छ । गत वर्ष असोज १ देखि परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको यो प्रणालीलाई प्राधिकरणले त्यसको एक वर्षपछि पूर्ण सञ्चालन गर्न लागेको हो । प्रणालीमा दर्ता नभएका मोबाइलको नेटवर्क लक गर्न सेवाप्रदायकलाई जानकारी गराइसकिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।

पहिलो चरणमा ‘हाइएन्ड’ मोबाइल लक गर्ने गरी सेवाप्रदायकलाई निर्देशन दिइएको र अबदेखि हरेक दिन दर्ता नभएका त्यस्ता मोबाइलको नेटवर्क लक हुँदै जाने उनले बताए । प्राधिकरणले एमडिएमएस लागू गर्नुपूर्व कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेर १५ दिनभित्र दर्ता गरिसक्न जानकारी गराएको थियो । प्राधिकरणले गत वर्ष भदौ मसान्तसम्म प्रयोगमा रहेका जुनसुकै मोबाइललाई आफ्नो प्रणालीमा स्वतः दर्ता गरिसकेको जनाउँदै त्यसपछि आएका धेरै मोबाइल दर्ता नभएकाले त्यस्ता सेट सञ्चालनमा रोक लगाइने स्पष्ट पारेको छ । एमडिएमएस प्रणालीका लागि प्राधिकरणले सञ्चालनमा ल्याएको mdms.nta.gov.np मा गएर मोबाइल दर्ता भएरनभएको हेर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  *के हुँदैछ:* स्थानीय सडक कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले खजुरा रोडको क्षतिग्रस्त भाग हटाएर नयाँ ढलान र नाली व्यवस्थापन गर्ने योजना अघि बढाएका छन्। वर्षायाममा खाल्डाखुल्डी र जलजमावले सवारी आवागमनमा समस्या भएपछि यो काम सुरु गरिएको हो। *प्रभाव:* – काम चलिरहेको समयमा खजुरा–नेपालगन्ज आवतजावतमा केही अवरोध र डाइभर्सन हुनेछ। – साना सवारीका लागि वैकल्पिक बाटो […]

दाङ । घोराही बनाउँ अभियानले सार्वजनिक गरेको घुम्न जाउँ घोराही पोस्टर भाइरल भएको छ। सयौं व्यक्तिहरूले पोस्टर आफ्नो फेसबुक वालमा सेयर गर्नुका साथै सकारात्मक कमेन्ट समेत गरेका छन्। यो पोस्टर एआईको माध्यमबाट घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले बनाउनुभएको हो । यो पोस्टर विभिन्न सञ्चार माध्यमहरुले समेत समाचार बनाएर यतिबेला छापिरहेको छन्। पोस्टरमा धेरैका मुख्यमुख्य […]

दाङ । देउखुरी सिँचाइ दिवस २०८२ लुम्बिनी प्रदेश सभा परिसरमा प्रभातफेरी तथा मूल समारोहका साथ मनाइएको छ । लुम्बिनी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आयोजनामा बुधबार बिहान सम्पन्न कार्यक्रममा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्बोधन गरेका छन् । सिँचाइ व्यवस्थापन र कृषि उत्पादन बीचको सम्बन्धलाई विशेष प्रभावकारी बनाउन सरकारले ध्यान दिने बताएका छन् । […]

error: Content is protected !!