२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

इजरायली सेनाले हमासको चौकी कब्जा गर्‍यो

Logo
Abc Sanchar प्रकाशित सोमबार, कार्तिक २०, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । इजरायली सेनाले गएराति गाजामा रहेको ‘हमास आउटपोस्ट’ लाई आफ्नो ग्राउन्ड टोलीले नियन्त्रणमा लिएको जनाएको छ । यस कारबाहीमा धेरै ‘आतंकवादी मारिएको’ इजरायलले जनाएको छ।

यससँगै, यो पनि भनिएको छ कि आइतवार यसका लडाकु विमानहरूले “हमासको सैन्य कम्पाउन्ड, निगरानी पोष्ट, एन्टी-ट्याङ्क पोस्टहरू सहित ४५० वटा लक्ष्यहरू” मा आक्रमण गरे।

आइतबार इजरायलले गाजा सहरलाई चारैतिरबाट घेरेको र हमासलाई पूर्ण रूपमा मेटाउने लक्ष्य रहेको बताएको थियो।

गाजामा आइतबार ठूलो मात्रामा हवाई हमला गरिएको थियो।

गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ देखि गाजामा १० हजार मानिसको मृत्यु भएको जनाएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]

काठमाडौं । अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरिदिएको विमानस्थल अध्यागमन प्रमुख नरहरी घिमिरेले जानकारी दिए । घिरिमेरका अनुसार, गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् ।मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण […]

error: Content is protected !!