१७ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
×

इजरायली सेनाले गाजाको सुरक्षाको जिम्मेवारी सधैँका लागि लिने घोषणा

Logo
Abc Sanchar प्रकाशित बुधबार, कार्तिक २२, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी च्यानल एबीसीसँगको अन्तर्वार्तामा युद्धपछि इजरायलले गाजाको सुरक्षाको जिम्मेवारी सधैँका लागि लिने बताएका छन् ।

उसको मतलब के हो भनेर परिभाषित गर्न गाह्रो छ – तर यो गाजामा इजरायली कब्जाको एक रूपको रूपमा बुझ्न सकिन्छ, जसमा इजरायलले गाजामा नागरिक प्रशासनको जिम्मेवारी लिने छैन।

‘सुरक्षा उत्तरदायित्व’ भनेको वेस्ट बैंकका केही भागहरूमा पनि प्रयोग हुने वाक्यांश हो। वेस्ट बैंक प्यालेस्टिनी क्षेत्र पनि हो।

सन् १९९० को दशकमा इजरायल र प्यालेस्टाइनबीच भएको पहिलो सम्झौता अर्थात् ओस्लो सम्झौताअनुसार वेस्ट बैंकका केही भागमा नागरिक प्रशासनको जिम्मेवारी प्यालेस्टाइनी अथोरिटीको हुनेछ भने यी क्षेत्रमा सुरक्षाको जिम्मेवारी इजरायलको हो।

अर्को शब्दमा भन्नुपर्दा, जहाँसम्म कानुन र सुरक्षाको सवाल छ, इजरायलले चाहेको बेला आउने र जानेछ, तर सहरमा फोहोर जम्मा गर्ने वा विद्यालय सञ्चालन गर्ने जस्ता अन्य काम प्यालेस्टिनीहरूले मात्र गर्नेछन्।

यद्यपि, त्यसो गर्न इजरायलसँग काम गर्न इच्छुक प्यालेस्टिनी संस्था चाहिन्छ। यस समयमा गाजामा जे भइरहेछ, यो गर्न इच्छुक प्यालेस्टिनीलाई ‘शत्रुसँग मिलेको गद्दार’को रूपमा हेरिने सम्भावना छ।

जबकि यो इजरायलको लागि एक अस्पष्ट महत्वाकांक्षा हो । तथ्य यो हो कि इजरायल एकदमै कठिन परिस्थितिमा जाँदैछ।

इजरायल अहिले गाजामा फसेको छ, उसले गाजालाई नियन्त्रण गर्नुपर्नेछ र यसका लागि उसले केही हदसम्म गाजा कब्जा गर्नु पर्ने सम्भावना छ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतीय सञ्चारमाध्यमका अनुसार  उनले गोवामा अन्तिम सास फेरेका हुन्। नाना पाटेकरका छोरा मल्हार पाटेकरले बीबीसी मराठीकी सहयोगी पत्रकार प्राची प्रतिभा शिरीषसँग आफ्नो बुबाको मृत्युको पुष्टि गरेका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार बिहीबार बिहान गोवास्थित निवासमा हृदयघातका कारण नाना पाटेकरको निधन भएको हो। नाना पाटेकर अन्तिमपटक विशाल भारद्वाजको रोमान्टिक एक्सन थ्रिलर ओ’रोमियोमा देखिएका थिए, जसमा शाहिद कपुर र […]

एजेन्सी । संयुक्त राष्ट्रसंघिय शरणार्थी र आप्रवासन एजेन्सीहरूका अनुसार अन्डमान सागरमा गत साता डुंगा पल्टिँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश रहेको जनाइएको छ। उनीहरु माछा मार्ने डुंगामार्फत बंगलादेशबाट मलेसिया जाँदै थियो। एजेन्सीहरूका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र डुंगामा अत्यधिक भीडका कारण यो डुबेको जनाइएको छ। […]

एजेन्सी । जापानमा नेपाली छात्राको चकित पार्ने घटना नेपालबाट अध्ययनका लागि जापान पुगेकी २३ वर्षीया एक नेपाली विद्यार्थी गम्भीर आरोपमा पक्राउ परेकी छन्। प्रहरीले जनाएअनुसार, उनले टोकियोस्थित आफ्नै डेरामा शिशुलाई जन्म दिएकी थिइन्। दाबी अनुसार, शिशु जन्मिँदा नै मृत अवस्थामा रहेको बताउँदै ती छात्राले अत्तालिएर शिशुको शव तौलियामा बेरेर कोठाको दराजमा लुकाएको बयान दिएकी छन्। […]