०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

पीडित महिलाको उजुरीमा बिबादित युट्युबर मनोज मानव प्रहरीद्वारा पक्राउ

Logo
Abc Sanchar प्रकाशित बिहिबार, कार्तिक २३, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । पछिल्लो समय बिभिन्न काण्डहरु आफ्नो युट्युब मार्फत प्रशारण गरेर चर्चा कमाएका स्टार अनलाईन टिभिका सन्चालक मनोज मानवलाई नेपाल प्रहरीको साइवर ब्यूरोले पक्राउ गरेको श्रोतले जनाएको छ ।

पुर्व एआईजि रण बहादुर चन्द र महिला अभियन्ता तारा बराल बिचको सम्बन्धलाई बजारमा ल्याएका मानवले पछिल्लो समय एमालेका युवा नेता महेश बस्नेतको चरित्र हत्या गर्ने गरि भिडियो ईडिट गरेर सामाजिक सन्जालमा प्रशारण गरेको आरोप लागेको छ ।

एमाले नेता महेश बस्नेत संगको बार्गेनिङ गरेको जस्तो सुनिने अडियो सामाजिक सन्जालमा आए पछि मानवले सो घटनामा आरोपित महिला लाई समेत फोनमा तथानाम गालि गरेको र छाडा बोलेको अडियो बाहिरिएको छ ।
आफ्नो चरित्र हत्या गर्ने उदेश्यले परिचालित गिरोहबाट यस्ता भिडियोहरु बनाएर बार्गेनिङ गर्ने र कुरा नमिले पछि प्रशारण गरेर सामाजिक रुपमा समेत गिराउन लागि परेको आरोपमा यो घटनामा नाम जोडीएकी महिला नेतृ शोभा पाठकको उजुरीले नेपाल प्रहरीको साइबर ब्युरोले मानवलाई पक्राउ गरि आवश्यक कानुनी प्रकृया अगाडी बढाएको श्रोतले बताएको छ ।

नेता बस्नेत संग गरिएको कुराकानिमा आफुले चाहेमा माथि उठाउन र तलझार्न सक्ने भन्दै बार्गेनिङ गरिएको तथा शोभापाठक संगको कुराकानिमा मुख छाडेको अडियो सरराईज खबरले प्रशारण गरेको छ ।

पत्रकारीता र मिडियाको नाममा यसरी सामाजिक स्थितिलाई खलबल्याउने उदेश्य बोकेर आएका जो कोहि भए पनि नछोड्ने भन्दै नेतृ पाठकले आफुलाई बदनाम गराउन लागि परिरहेकाहरुलाई आरोप पुष्टि गरेर देखाउन चुनौति दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट ३ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि […]

काठमाडौं । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोजन (वृद्धि) गर्ने निर्णय,कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो । आज एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार […]

दाङ । गढवा न्यायमा पहुँच सुनिश्चित गर्न प्रहरी र नागरिक समाजको दायित्वलाई सकेसम्म संवेदनशील, परिणाममुखी अनि सशक्त बनाउने आधार तयार रहेको नेपाल प्रहरी प्रमुख एवम् महानिरीक्षक दानबहादुर कार्कीले उद्घोष गरेका छन् । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तरगत ईलाका प्रहरी कार्यालय गढवाको परिसरमा बिहीबार दिउँसो आयोजित सभालाई कार्कीले सम्बोधन गरेका थिए । इलाका प्रहरी कार्यालय गढवा, […]

error: Content is protected !!