०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

बर्दियामा जरायोको ४० किलो सुकुटी र २ थान भरुवा वन्दुकसहित ४ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, कार्तिक २६, २०८०

 

ABC (क्राईमबिट)
बर्दिया । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने तेलपानीबाट जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा वन्दुकसहित चार जना चोरीसिकारीम सङ्लग्न व्यक्तिलाई पक्राउ गरेको छ ।

निकुञ्जले पाएको गोप्य सूचनाको आधारमा बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने बराहताल गाउँपालिका १, तेलपानीबाट पक्राउ गरेको निकुञ्जका सहायक प्रमुख संरक्षण अधिकृत बद्रि विनोद दाहालले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका १, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्र बहादुर वली र दिल बहादुर वली रहेका छन् । चोरसिकारीले निकुञ्ज भित्र जरायो मारेर सुकुटी बनाएको भन्ने गोप्य सूचना पाए लगत्तै निकुञ्जका कर्मचारीसहित नेपाली सेनाको संयुक्त गस्ती टोलीले सर्च अपरेशन गर्दा उनीहरुलाई घरबाटै पक्राउ गरिएको सहायक प्रमुख संरक्षण अधिकृत दाहालले बताउनुभयो ।

बर्दिया निकुञ्ज तथा निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देविदत्त गणको संयुक्त सर्च अपरेशन टोलीले उनीहरुलाई सुर्खेतको बराहताल गाउँपालिका १, तेलपानीबाट जरायोको सुकुटी र भरुवा वन्दुकसहित पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दाहालले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

उत्तर प्रदेशका मुख्यमन्त्री *योगी आदित्यनाथ*ले भारत र नेपालबीचको सम्बन्धलाई *साझा सांस्कृतिक र ऐतिहासिक विरासत*को रूपमा व्याख्या गरेका छन्। उनले दुवै देशका नागरिक, विशेष गरी नेपाली नागरिकको आवतजावतमा समस्या नहोस् भनेर सीमामा पूर्वाधार विकास आवश्यक रहेको बताएका छन्। *उनको भनाइको मुख्य बुँदा:* 1. *साझा विरासत*: भारत र नेपालको सम्बन्ध धर्म, संस्कृति, रोटी-बेटीको नाताले जोडिएको छ। यो […]

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

error: Content is protected !!