२५ आषाढ २०८२, बुधबार
09-07-2025 , Wed
×

अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना ५ सैनिकहरुको मृत्यु

Logo
Abc Sanchar प्रकाशित सोमबार, कार्तिक २७, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । अमेरिकी सेनाले पूर्वी भूमध्यसागरमा भएको हेलिकप्टर दुर्घटनामा आफ्ना पाँच सैनिकको मृत्यु भएको जनाएको छ ।

अमेरिकी सेनाका अनुसार यो हेलिकप्टर नियमित प्रशिक्षण अभ्यासका क्रममा इन्धन भर्ने क्रममा दुर्घटनामा परेको थियो ।

इजरायल र हमासबीच युद्ध सुरु भएदेखि नै अमेरिकाले यस क्षेत्रमा आफ्नो गतिविधि बढाएको छ।

सामाजिक सञ्जाल साइट ‘एक्स’ मा श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रपति बाइडेनले लेखेका छन्, “भूमध्यसागरमा प्रशिक्षण अभियानको क्रममा विमान दुर्घटनामा परी मृत्यु भएका पाँच अमेरिकी सैनिकको मृत्युप्रति जिल र म शोक व्यक्त गर्दछौं।”

“हामी उनीहरूको परिवार र साथीहरूका लागि प्रार्थना गरिरहेका छौं जसले एक बहुमूल्य प्रियजन गुमाएका छन् । हाम्रो सिङ्गो देश उनीहरुको दुखमा सहभागी छ ।”

तर, सेनाको विज्ञप्तिमा हेलिकप्टर कहाँबाट उडेको वा कहाँ दुर्घटना भएको हो भन्ने उल्लेख गरिएको छैन ।

गत महिना अमेरिकाले पूर्वी भूमध्यसागरमा धेरै साना जहाज र लडाकू विमानहरू सहित दुई विमान वाहकहरू तैनाथ गरेको थियो।

इजरायल र गाजाबीच युद्ध सुरु भएपछि अमेरिकाले आफ्ना छिमेकीहरूलाई यो युद्धमा संलग्न हुन नदिन यो तैनाथ गरेको हो ।

प्यालेस्टाइनको तर्फबाट इरान र लेबनानको हिजबुल्लाह यस युद्धमा सामेल भएको अमेरिका चाहँदैन। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

इजरायलले गाजामा फेरि आक्रमण गर्‍यो काठमाडौं । इजरायली रक्षा बलका अनुसार वायुसेनाले गाजामा रहेको हमासको अड्डाहरूमा हवाई आक्रमण गरेको हो। यी आक्रमणहरूमा हालसम्म २३२ जनाको मृत्यु भइसकेको छ। ३०० भन्दा बढी घाइते भएका छन्। जनवरी १९ मा इजरायल-हमास युद्धविराम सुरु भएयता गाजामा इजरायलको यो सबैभन्दा ठूलो आक्रमण हो। इजरायली सेनाले आक्रमणको योजना बनाइरहेका आतंककारीहरूलाई लक्षित […]

  काठमाडौं । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमान दिउँसो ३ः ३३ मा प्रस्थान गरेको हो । उक्त विमान बिहीबार साँझ काठमाडौँ आएको थियो । उक्त विमानमा के थियो भन्ने थाहा छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उक्त विमान कूटनीतिक फ्लाइट गरेको थियो । यसमा अमेरिकी दूतावासका लागि आवश्यक सामाग्री ल्याइएको […]

मंगलबार बिहान चीनको सिचाङ तिब्बतमा गएको भूकम्मा परी ५३ जनाको मृत्यु काठमाडौं । चीन क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार भूकम्पमा थप ३८ जना घाइते भएका छन्। मृत्यु भएकाहरु सबै तिब्बतकै रहेको जनाइएको छ। आज बिहान स्थानीय समय अनुसार बिहान ९:०५ बजे सिजाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको […]

error: Content is protected !!