०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

जुवा खेल्ने ४२ जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, कार्तिक २८, २०८०

( एबिसि संचार )                                                         कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी रु तीन लाख पाँच हजारभन्दा बढी नगद रकमसमेत बरामद गरिएको जानकारी दिए ।जिल्लाको बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट रु दुई लाख ५८ हजार नगद बरामद गरिएको छ । त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट रु २५ हजार नगद, तास र ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताए । यस्तै बेलौरीबाट २२ हजार नगदसहित आठलाई नियन्त्रणमा लिइएको छ ।हामीले चाडपर्वका बेला जुवा तास खेल्ने गिरोहलाई सूक्ष्म रुपमा नियाली रहेका छौँ”, प्रहरी उपरीक्षक थापाले भने,“पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत कारबाही गर्छौँँ ।” प्रहरीले चाडपर्व सुरक्षित बनाउन जिल्लाभर थप प्रहरी परिचालन गर्नुका साथै विशेष सुरक्षा योजनासमेत लागू गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

उत्तर प्रदेशका मुख्यमन्त्री *योगी आदित्यनाथ*ले भारत र नेपालबीचको सम्बन्धलाई *साझा सांस्कृतिक र ऐतिहासिक विरासत*को रूपमा व्याख्या गरेका छन्। उनले दुवै देशका नागरिक, विशेष गरी नेपाली नागरिकको आवतजावतमा समस्या नहोस् भनेर सीमामा पूर्वाधार विकास आवश्यक रहेको बताएका छन्। *उनको भनाइको मुख्य बुँदा:* 1. *साझा विरासत*: भारत र नेपालको सम्बन्ध धर्म, संस्कृति, रोटी-बेटीको नाताले जोडिएको छ। यो […]

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

error: Content is protected !!