०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

प्रहरीले भाग्न खोज्ने २ जना डाँकालाई गोली चलाएर पक्राउ ३ जना घाइते

Logo
Abc Sanchar प्रकाशित बुधबार, कार्तिक २९, २०८०

 

(ABC-Sanchar)
महोत्तरी । पक्राउ परेपछि भाग्ने प्रयास गरेका उनीहरूलाई गोली चलाएर नियन्त्रणमा लिइएको डीएसपी दिलीप गिरीले जानकारी दिए ।

“डाका मुद्दामा फरार रहेका सर्लाहीको लालबन्दी नगरपालिका २ पुनरबास बस्ने ३३ वर्षीय शक्तिकुमार पासवान र सोही ठाउँ बस्ने ३५ वर्षका अजय पासवानको खोजी जारी थियो । रौतहटको गरुडा नगरपालिका ४ मा लुकेर बसेको थाहा भएपछि महोत्तरीबाट मेरो नेतृत्वमा विशेष टोली खटियो,” डीएसपी दिलीपले बाह्रखरीसँग भने, “उनीहरूलाई हामीले दिउँसो ३ बजे नियन्त्रणमा लियौँ । सर्लाहीको संग्रामपुरमा आएपछि हाम्रो गाडी बिग्रियो । सर्लाही प्रहरीको गाडी बोलाएर त्यसमा सार्ने क्रममा उनीहरू भागेपछि हामीले नियन्त्रणमा लिन गोली चलाउनु परेको थियो ।”

शक्तिलाई दुईवटा र अजयलाई एउटा गोली लागेको छ । डीएसपी दिलीपका अनुसार उनीहरूलाई गोली थाई, पिडुँला र घुँडामा गाली लागेको छ । उनीहरू दुवैको उपचार जलेश्वर प्रादेशिक अस्पतालमा भइरहेको छ । दुवैको अवस्था खतरामुक्त छ ।

“उनीहरूले महोत्तरीको डाँगी र जलेश्वर, धनुषाको महेन्द्रनगर, रौतहटको चन्द्रनिगाहपुर र इन्डियामा पनि डाँका गरेका थिए,” उनले भने, “त्यसअघि ११ डाँका मुद्दामा संलग्न भएको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

उत्तर प्रदेशका मुख्यमन्त्री *योगी आदित्यनाथ*ले भारत र नेपालबीचको सम्बन्धलाई *साझा सांस्कृतिक र ऐतिहासिक विरासत*को रूपमा व्याख्या गरेका छन्। उनले दुवै देशका नागरिक, विशेष गरी नेपाली नागरिकको आवतजावतमा समस्या नहोस् भनेर सीमामा पूर्वाधार विकास आवश्यक रहेको बताएका छन्। *उनको भनाइको मुख्य बुँदा:* 1. *साझा विरासत*: भारत र नेपालको सम्बन्ध धर्म, संस्कृति, रोटी-बेटीको नाताले जोडिएको छ। यो […]

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

error: Content is protected !!