(ABC-Sanchar)
काठमाडौं । पछिल्लो समय एमाले नेता महेश बस्नेत र मेडिकल ब्यवसायी दुर्गा प्रसाईँ बिच निकै टकराव भई रहेको सामाजिक सन्जालहरुमा छरपष्टरुपमा देख्न सकिन्छ ।
आन्तरिक टकराव बढे संगै एकले अर्कालाई सिध्याउन हरेक हतकण्डाहरु अपनाई रहेको जस्तो देखिएको छ । महेश बस्नेतका समर्थक बाट कालोमसो दलिएको भन्दै पुर्वमा महेश बस्नेत लगायतको गाडीहरु तोफोड गर्न दुर्गा प्रसाईँले लगाएको श्रोतले बताएको छ ।
बिभिन्न मिडिया हरुमा समेत दुर्गा प्रसाईँकै योजनामा नेता महेश बस्नेतको चरित्र हत्या गर्ने खालका समाचार तथा अडियो भिडियो प्रशारण भएको श्रोतको दावी छ ।
यहि बिचमा नेता बस्नेत संग महिला नेतृ शोभा पाठकको भिडियो स्टार अनलाईन टिभिका सन्चालक मनोज मानवले सामाजिक संजाल मार्फत प्रशारण गरिदिए पछि स्थिति अझ तनावग्रस्त बन्दै गई रहेको छ ।
यो भिडियो आए पश्चात नेतृ पाठकको जाहेरीले मनोज मानव प्रहरी नियन्त्रणमा रहेर कानुनीकाबार्हि अगाडी बढाईएको भए पनि पाठक अझै निकै तनावमा रहेको बुझिएको छ ।
करिब तिन दिन अगाडी November 12 at 9:57 AMमा नेतृ पाठकले आफ्नो आधिकारीक फेसबुक वालमा यो अन्तिम पोष्ट हो भन्दै लेखेपछि केहि खैलाबैला समेत भएको थियो । तथापि नेतृ पाठकले पुन फेसबुकमा पोष्टहरु गरिरहेको देखिएको छ ।
आज नेतृ पाठकले अस्पतालको बेडमा रहेको फोटो पोष्ट गरे पछि केहि अस्वस्थ भएर अस्पताल जानु परेको भने पनि अन्य कारण भने खुलाईएको छैन ।
केहि घटनाक्रमहरु तथा केहि दिनदेखिको नेतृ पाठकको अभिब्यक्तिहरु लाई हेर्दा मानसिक रुपमा विक्षिप्त भएको र अस्वस्थ भएको देखिएको छ ।
मेडिकल ब्यवसायी दुर्गा प्रसाईँ र एमाले नेता महेश बस्नेतको जुधाईमा नेतृ शोभापाठकको ज्यानै धरापमा परेको श्रोतको दावी छ ।
यसरी दुई ठुला खेलाडीको बिचमा परेर धरापमा परेकी शोभापाठकको ज्यान तलामाथि भएमा यसको जिम्मा कसले लिन्छ ? भन्दै पाठकका आफन्तहरुले समेत कानुनी सहायता खोज्न थालेको श्रोतले बताएको छ ।
नेपाल प्रहरी साईबर ब्युरोले यस्ता गलत र तथ्यहिन समाचार र भिडियोहरु सावैजानिक गर्ने तथा शेयर र कमेन्टगर्नेहरुलाई समेत पक्राउ गर्ने तयारी गरिरहेको श्रोत बताउँछ ।