०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज बाँकेमा ४४५ उजुरीहरु दर्ता

Logo
Abc Sanchar प्रकाशित बिहिबार, कार्तिक ३०, २०८०

 

(ABC-Sanchar)
बाँके । नेपालगन्ज अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जमा गत आर्थिक वर्षमा ४४५ वटा उजुरी परेको आयोगले जनाएको छ ।

अख्तियारको सम्पर्क कार्यालय नेपालगन्जका अनुसार, गत आर्थिक वर्ष २०७९/०८० मा बाँकेका विभिन्न कार्यालयमा अनियमितता भएका ४४५ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा बाँकेका ४७५ वटा उजुरी दर्ता भएका थिए ।

एक आर्थिक वर्षमा परेका उजुरी अन्त्यसम्म फस्र्यौट नहुँदा अर्को आर्थिक वर्षमा सरेर जाँदा कार्यालयमा वर्सेनि उजुरीको चाङ्ग थपिंदै जानेगरेको छ । अख्तियारको सम्पर्क कार्यालयका अनुसार, गत आर्थिक वर्ष २०७९/०८० को साउनमा ५६, भदौमा ३९, असोजमा २२, कात्तिकमा १७, मंसिरमा १८, पुसमा २६, माघमा ३८, फागुनमा ३९, चैतमा ५०, बैशाखमा ५८, जेठमा ५९ र असारमा २२ वटा उजुरी दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा ४७५ वटा उजुरी दर्ता भएका थिए । आयोगका अनुसार, नेपालगन्ज कार्यालयमा त्यसअघिको आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २७३ वटा उजुरी फस्र्यौट भएका थिए ।

जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आर्थिक वर्षको अन्त्यसम्म ७४८ वटा उजुरी फस्र्यौटको जिम्मेवारी रहेको आयोगले ७०.५ प्रतिशत उजुरी फस्र्यौट गर्न सफल भएको जनाएको छ ।

आयोगको बार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०७८–७९ को अन्त्यसम्म जिम्मेवारी सरेर आएका १५६ र गत आवमा परेका ३६८ गरी ५२४ वटा उजुरी फस्र्यौट भएका थिए ।

आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा आव २०७८–७९ को अन्त्यसम्म रहेका ७४८ उजुरीमध्ये बिस्तृत अनुसन्धानका लागि ३५ वटा उजुरी गएका छन् । १७७ वटा सिधै तामेली तथा सुझावसहितको तामेली भएको उजुरीको संख्या ३६ रहेको छ ।

पछिल्लो समय अख्तियारले सरकारी कार्यालयमा निगरानी बढाउन थालेपछि ‘घुस’ प्रवृत्ति कार्यालय बाहिर मौलाउन थालेको छ । घुस लिनेहरु अख्तियारको ट्रयापमा पर्न थालेपछि कार्यालय बाहिर घुस लेनदेन हुनेगरेको विगतमा अख्तियारले गरेको स्टीङ अपरेशनबाट पुष्टि हँुदैआएको छ ।

अख्तियारको निगरानीको प्रभावले कार्यालयभित्र घुस निरुत्साहित भए पनि कार्यालय बाहिर लिने प्रवृत्ति सुरु भएको र कार्यालय बाहिर पनि अख्तियारले समात्न थालेपछि बिचौलियामार्फत घुसको प्रवृत्ति बढेको स्थानीयको भनाइ छ । सिराज खान

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

error: Content is protected !!