०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

पक्की पुल समयमा निर्माण नहुदा कच्ची काठको पुलबाट पैसा तिरेर यात्रा गर्न बाध्य

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर ०१, २०८०

 

(ABC-Sanchar)
दमक । झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिका जोड्ने हुलाकी राजमार्गमा पर्ने रतुवा नदीको पुल निर्माण सुरु भएको डेढ दशक बित्दासमेत सञ्चालनमा आउन सकेको छैन । अधकल्चो पक्की पुलमुनि बाँसको भाटाको पुल तरेर स्थानीयहरु वारिपारि गर्न बाध्य बनेका छन् ।

बाँसको भाटाको पुलबाट खोला तर्दा पनि पैदल एक जनाको १०, साइकलमा ३० रुपियाँ र मोटरसाइकलमा ३० रुपियाँ तिर्नुपर्छ । सिटी तथा टेम्पोहरुले २ सय रुपियाँसम्म तिर्न बाध्य बनेको बताइएको छ । बाँसको पुल तर्नका लागि २ लाखमा गाउँपालिकाले नै ठेक्का लगाएको पाइएको छ । दैनिक ५ सय जनाभन्दा बढीको ओहोरदोहोर हुनेगरेको स्थानीयहरु बताउँछन् ।

तत्कालीन अवस्थामा मोरङ–सुनसरी पुल आयोजनाले २०६४ सालमा पुलको ठेक्का लगाएको थियो । सो समयमा कालिका–ओसिए जेभीले निर्माण ठेक्का पाएको थियो । १० करोड ३२ लाख ९१ हजारमा ठेक्का लिएर निर्माणको काम सुरु गरेको थियो । धेरै दबाब दिएपछि पुल बने पनि सञ्चालनमा आउने अवस्था नबनेपछि धेरै समस्या बेहोर्नुपरेको झापा उद्योग वाणिज्य सङ्घ गौरीगन्जका अध्यक्ष गैदार महतोले बताउनुभयो ।

पुल छोटो भयो तर खोला फराकिलो बन्यो, उहाँले भन्नुभयो । चारसय मिटर लम्बाइको खोलामा दुई सय पाँच मिटरको पुल बनेको छ । खोलाको बीचमा पुल देख्दा नयाँ आउनेहरु त छक्क पर्थे, उहाँले भन्नुभयो । डिजाइन हुँदा ठिकै थियो होला, पछि खोलाले धार परिवर्तन गर्दा खोला बढ्यो तर पुल बनाउने बिषयमा चासो नहुँदा यो अवस्था आएको हुनसक्ने उहाँले बताउनुभयो ।

हुलाकी राजमार्ग हुँदै गौरीगञ्ज गाउँपालिका ६ चिल्लारा र मोरङको दक्षिणपूर्वी रतुवामाई नगरपालिका ३ आमबारीलाई यसले जोड्छ । गौरीगन्ज गाउँपालिकाका कार्यपालिका सदस्य एवं वडा २ का वडाध्यक्ष श्रवण गिरीका अनुसार अहिले आफुहरुको ठूलो सपना र प्रतीक्षाको रुपमा रहेको हुलाकी राजमार्ग निर्माण भए पनि पुल नबन्दा सास्ती छ ।

अहिले पुरानो पुलको दायाँबायाँ पुल लम्ब्याउने काम भइरहेकाले अब केही समयमा पुल सुचारु हुनेमा आशावादी रहे पनि भर पर्ने अवस्था नरहेको गिरीले बताउनुभयो । बजेट अभाव हुने, निर्माण ब्यवसायीले समयमा काम नसक्ने र यसमा राज्यको चासो नजाने हो कि भन्ने चिन्ता सधैं रहिरहेको छ, उहाँले भन्नुभयो ।

हुलाकी सडक आयोजना इटहरीका इन्जिनियर प्रमोद खतिवडाका अनुुुसार पुरानो डिजाइन अनुसार पुल निर्माण सम्पन्न भएको छ । २ सय ५ मिटर लम्बाइको पुल २०७५ सालमा नै पूरा भएर आफूहरु मातहत आएको उहाँले बताउनुभयो । २ सय ७५ मिटर पुल आवश्यक देखिएको र २ सय ५ मिटरमात्र बनेकाले यसलाई सञ्चालन हुने अवस्था बनाउनेगरी थप २२ करोडमा पुल निर्माणको ठेक्का लागेको छ ।

२०८२ साल असार १७ गतेसम्ममा सम्पन्न गर्नुपर्ने निर्माण ब्यवसायीसँगको सम्झौतामा उल्लेख छ । इन्जिनियर खतिवडाका अनुसार नयाँ कामको तीब्र रुपमा प्रगति भइरहेको छ र सम्झौताको ५ महिनामा ३० प्रतिशत काम पूरा भएको छ । अर्को दसैंमा सम्भवतः पुल पूर्णरुपमा सञ्चालनमा आउने अपेक्षा छ, उहाँले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

error: Content is protected !!