०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

भीपीएनको प्रयोग गरेर टिकटक चलाउँदा असुरक्षितसँगै गैरकानुनी : साइबर ब्युरो

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर ०१, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौँ । सरकारले टिकटक बन्द गरेपनि केही प्रयोगकर्ताले जोखिम मोलेर टिकटक चलाई रहेका छन् । नेपालका इन्टरनेटबाट टिकटक बन्द भएपनि केही प्रयोगकर्ताले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को मद्दतले टिकटक चलाई रहेका हुन् ।

भीपीएनको प्रयोग गरेर टिकटक चलाउँदा प्रयोगकर्ता जोखिममा पर्ने सम्भावना हुने नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । नेपालमा केही प्रयोगकर्ताले भीपीएनको प्रयोगबाट टिकटक चलाइ रहेका ब्यूराेले जनाएकाे छ ।

ब्यूरोका अनुसार सरकारले बन्द गरेको टिकटक भीपीएन प्रयोग गरेर चलाउनु गैरकानुनी हो । साइबार ब्यूरो प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले प्रोक्सी सरोवरहरू प्रयोग गर्न थालेको बताए । भीपीएनबाट टिकटक चलाउन सकिए पनि राज्यले नै गैरकानुनी ठहर गरिसकेको एप चलाउनेहरू स्वतः कानुनको दायरामा आउनेछन् ।

सरकारले टिकटक रोक्नका लागि निर्देशन दिएसँगै इन्टरनेट सेवा प्रदायकहरूले पनि आफ्नो नेटवर्कमा टिकटक बन्द गरेका छन् । तर, केही टिकटक प्रयोगकर्ताले जोखिम मोलेरै भीपीएनको प्रयोग गरेर टिकटक चलाइरहेका हुन् । ‘सेवा प्रदायकहरूले पनि निरुत्साहित गर्नु पर्छ,’ उनले भने, ‘नेपाल दूरसञ्चार प्राधिकरणको पनि यसतर्फ ध्यानाकर्षण हुनु पर्‍यो । गेटवेहरूलाई ह्याण्डल गर्ने निकाय भनेकै प्राधिकरण हो ।’

टिकटकमा अनलाइन ग्याम्लिङ हुने, महिलाहरू निर्वस्त्र हुने, मानिसहरू ठगिने, टिकटकले रियल टाममा इन्फर्मेसन नदिने र अनुसन्धानमा पनि नसघाउने गरेका कारण सरकारले टिकटक बन्द गरेको हो । ब्यूरोका अनुसार टिकटकले ४८ घण्टादेखि तीन हप्तासम्म इन्फर्मेशन दिन समय लगाउने त कहिले इन्फर्मेशन नै नदिने गरेको थियो ।

यसकारण भीपीएन असुरक्षित

भीपीएनले हाम्रो कम्युनिकेशन ट्राफिक पुरैलाई होल्ड गर्छ । अनि आफ्नो टनेल थ्रु पठाउँछ । त्यो गर्दै गर्दा जुन भीपीएन हामीले डाउनलोड गर्छौँ । उसले आफ्नो एप्लिकेशन सँगसँगै के के पठाउँछ भन्ने कुरा हामीलाई ज्ञान हुँदैन । हाम्रो डिभाइसमा आएर बसिसकेपछि हाम्रो घरको चापी दिएर पठाए जस्तै हो । यसकारण हाम्रो डिभाइस (मोबाइल)मा भएका हरेक एप र डकुमेन्टमा पहुँच बनाउँछ ।

यस्ता भीपीएनका कोडहरू प्रयोगकर्ताको डिभाइसमा प्रवेश भई उक्त डिभाइससँग जोडिएका अन्य जानकारी पनि बाहिरिन सक्छन् । विशेष गरी भरपर्दो नमानिने भीपीएन प्रयोग गरिएका उपकरणमा रहेका अन्य सामाजिक सञ्जालका खाताहरू र ब्याङ्किङ सूचनाहरू चोरीको जोखिम हुन्छ । ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र इमेलमा ह्याकरले पहुँच पुर्‍याउन सक्छन् । र त्यहाँबाट डाटा चोरी हुन सक्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

error: Content is protected !!