०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा प्रहरीमाथि स्थानीयहरुले गरे आक्रमण डिएसपी घाइते

Logo
Abc Sanchar प्रकाशित शनिबार, मंसिर ०२, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । शंखरापुरा नगरपालिका ३ लप्सीफेदीमा नेपाल विद्युत प्राधिकरणको सबस्टेशन निर्माणका लागि सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि स्थानीयले आक्रमण गरेका छन्। आक्रमणमा डीएसपीसहित तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

सुरक्षा पोष्ट राख्ने क्रममा सुरक्षाकर्मीमाथि स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना घाइते भएको प्रशासनले जनाएको छ। आक्रमणकारी जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसनको सुरक्षाका लागि डीएसपीको नेतृत्वमा संयुक्त सुरक्षा पोष्ट तयार पार्न लागेको थियो।

रुख ढालेर बाटो अवरोध गरेका स्थानीयले एक्कासी आक्रमण गरेको थियो। जिल्ला सुरक्षा संयन्त्रको बैठकले सशस्त्र डीएसपीको नेतृत्वमा बेस क्याम्पसहित नेपाल प्रहरीको सुरक्षा पोष्ट खडा गर्ने निर्णयअनुसार काम अघि बढाइएको थियो।

सवस्टेसनमा रामेछापको नयाँ खिम्तीबाट सुरु भई सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै लप्सीफेदीसम्मको ४०० केभी प्रसारण लाइन जोडिने छ।सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापनाको काम नरोकिने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंलेस्थानीयसँग छलफल गरेर अघि बढ्ने जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दैलेख । दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोन गरी आफ्नो काम गरिदिन दबाब र धम्की दिने प्रकाश खड्कालाई प्रधानमन्त्री कार्यालयले कारबाही गर्न निर्देशन दिएको छ। खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको हुँ भन्दै वडा सचिवलाई धम्की दिएको फोन रेकर्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको र उनी प्रधानमन्त्री कार्यालयको नभएको स्पष्ट […]

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

error: Content is protected !!