०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर ०४, २०८०

(एबिसि संचार )                                                         बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ११ बजेर ३७ मिनेट जाँदा बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङको धमेना केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।पछिल्लो समय पश्चिम नेपालका जिल्लाहरुमा भूकम्प जाने क्रम जारी छ । गत कात्तिक १७ गतेमात्रै जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परि १५४ जनाको मृत्यु भएको थियो भने दुई सय बढी घाइते भएका थिए । सयौं घरहरु भत्किँदा स्थानीयहरु बारीमा बस्न बाध्य छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!