०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

दुई किलो कोकिनसहित एक भारतीय नागरिक पक्राउ

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर ०४, २०८०

( एबिसि संचार )                                                    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो कोकिनसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । कतारको दोहाबाट काठमाडौं आएको एक महिला यात्रुको साथबाट सोमबार कोकिन बरामद गरिएको प्रहरीले जनाएको हो ।

प्रहरीको लागुऔषध अनुसन्धान ब्युरोको टोलीले बिहान १० बजेतिर ती भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । इथोपियाबाट दोहा हुँदै आएकी भारतको मिजोरोम राज्यकी किमरो साँगी पक्राउ परेकी हुन् । प्रहरीले उनको साथबाट प्रहरीले एक किलो नौ सय ७३ ग्राम कोकिन बरामद गरेको छ । प्रहरीले यसबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!