०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

युवासंघको प्रदर्शनस्थल परिवर्तन

Logo
Abc Sanchar प्रकाशित सोमबार, मंसिर ०४, २०८०

(एबिसि संचार )                                                        नेकपा एमालेको युवा संघ र अनेरास्ववियुले मंसिर ७ मा आयोजना गरेको प्रदर्शनको स्थान परिवर्तन गरेको छ । युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् । सरकारले सोमबारबाट एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले कार्यक्रमको स्थान परिवर्तन गरेको हो । सरकारले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकाले  निर्धारित कार्यक्रम सोही मिति र समय (बिहान ११ बजे) मा काठमाडौँस्थित तीनकुनेमा हुने अध्यक्ष थेवेले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ राप्ती उपत्यका देउखुरीमा विहिवार पत्रकार सम्मेलनको आयोजना गरेर मुख्यमन्त्री आचार्यले उपलब्धिहरुको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार संघीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नु भएको हो । ‘सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौं, जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको […]

काठमाडौं । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् । रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको […]

काठमाडौं । भक्तपुरको बोडे सिन्टिटारस्थित एक घरमा बस्दै आएका दुई दिदीबहिनीले आत्महत्या गरेका छन् । मृतकहरूको पहिचान १७ वर्षीय मेनुका कँडेल र १५ वर्षीय सृजना कँडेलको रूपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहान पौने ७ बजे उनीहरू मृत अवस्थामा फेला परेका हुन् । आत्महत्या पूर्व उनीहरूले आफ्नै मोबाइलबाट सेल्फी मोडमा पासो लगाउने तयारीका […]

error: Content is protected !!