०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

प्रहरी हवल्दार मृत भेटिए

Logo
Abc Sanchar प्रकाशित मंगलबार, मंसिर ०५, २०८०

( एबिसि संचार )                                                         नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार सप्तराज राई आफ्नै घरमा मृत फेला परेका छन्। झापाको हल्दिबारी गाउँपालिका- ५ स्थित त्रिवेणी टोल निवासी ४२ वर्षीय प्रहरी हवल्दार राई मंगलबार बिहान झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

इलाका प्रहरी कार्यालय डोरिया मोरङ दरबन्दी भई हाल अस्थायी प्रहरी चौकी डाम्राभिट्टामा कार्यरत राई बिदा लिएर सोमबार साँझ घर गएका थिए । घर आएर उनले अत्याधिक मदिरा सेवन गरी राति परिवारसँग झै-झगडा गरेको छिमेकीले बताएका छन्।श्रीमती र छोरीहरूसँग झगडा गरेर राती सुत्न काेठामा गएका उनी फलामको बलोमा खादाको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।मृतक राईका श्रीमती, १५, १२ र ४ वर्षका तीन जना छोरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!