०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

४ जना मृतावस्थामा फेला परेका छन्

Logo
Abc Sanchar प्रकाशित बुधबार, मंसिर ०६, २०८०

(एबिसि संचार )                                                        देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् ।  रोल्पाको त्रिवेणी गाउँपालिका-३ लिङदुङ दवाङ खोला बस्ने २० वर्षीया पवित्रा घर्ति आफ्नै घर नजिक मृतावस्थामा फेला परेकी छिन् ।

यसैगरी जुम्लाको गुठीचौर गाउँपालिका-१ मनिगाउँ बस्ने ४१ वर्षीय वीर ऐडी सोही ठाउँस्थित माईडाडाको भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।      प्युठानको प्युठान नगरपालिका-८ माथिल्लो दम्ति बस्ने ४० वर्षीया कमला कुमाल पनि सोही ठाउँ बस्ने उनकै देवर आइतराम कुमालको घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्  ।

यता ललितपुरको गोदावरी नगरपालिका-११ चापागाउँ घर भई ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने २७ वर्षीय निरज खड्की सोही महानगरपालिका-२४ स्थित नागदहमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । लायन्स क्लब अफ नेपालगन्ज खजुरा बाँकेको एम्बुलेन्स चौलिका चोकको व्यस्त सडकको बीचमै ४५ मिनेटसम्म बेवारिसे अवस्थामा* पार्किङ हुँदा ट्राफिक व्यवस्थापनमा गम्भीर समस्या देखिएको छ। *के भयो:* चौलिका चोक नेपालगन्ज-कोहलपुर सडकखण्डको मुख्य जंक्शन हो। दिउँसोको व्यस्त समयमा लायन्स क्लबको एम्बुलेन्स चालकबिनै सडकको बीच भागमा रोकिएको थियो। न आपतकालीन बिरामी थियो, न कुनै दुर्घटना। एम्बुलेन्स […]

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको हेरफेर गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार एकैपटक १४९ जना डीएसपीहरूको सरुवा गरेको हो। प्रधान कार्यालयको मानवस्रोत विकास शाखाले एक सूचना जारी गर्दै विभिन्न जिल्ला, वृत्त र निर्देशनालयहरूमा कार्यरत डीएसपीहरूलाई नयाँ जिम्मेवारी तोकिएको जानकारी दिएको छ। नियमित प्रक्रिया अन्तर्गत लामो समयदेखि एउटै कार्यक्षेत्रमा रहेका […]

काठमाडौं । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको  सरुवा तथा काज गरेका हुन् । सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ । फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा […]

error: Content is protected !!